नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल

जेठ २ मा फर्किँदा जिल्ला कमिटीका ११६ मध्ये १०७ जना आजको बैठकमा उपस्थित

पूर्वीटाईम्स संवाददाता
बुधबार ३० भदौ, २०७८
२ वर्ष अघि

विराटननगर, ३० भदौ । नेकपा (एमाले) मोरङको बुधबार बसेको पूर्ण कमिटीको वैठकले अध्यक्षमा पुनः ऋषिकेश पोखरेललाई चयन गरेको छ ।

२०७५ जेठ २ मा फर्किने निर्णय गरेको नेकपा एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान आज पूर्ण वैठक बसेको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य, प्रदेश समिति सचिव तथा जेठ २ मा फर्किएको निर्णयसँगै जिल्ला अध्यक्ष बन्नुभएका विनोद ढकालको अध्यक्षतामा बसेको बैठकले पार्टीको जिल्ला अध्यक्षमा पुनः पोखरेललाई चयन गरेको हो ।

वैठकमा जिल्ला अध्यक्ष ढकालले सचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव राख्नुभएको थियो । सोहि प्रस्तावलाई वैठकले सर्वसहमतिका साथ अनुमोदन गरेको हो । यसअघि पार्टीको केन्द्रीय सर्कुलर अनुशार मोरङको सचिवालय वैठकले २०७५ जेठ २ मा फर्किने निर्णयलाई कार्यान्वयन गर्दै विनोद ढकाल अध्यक्ष र ऋषिकेश पोखरेल सचिव रहने निर्णय गरेको थियो ।

२०७५ जेठ २ को अवस्थामा मोरङ जिल्ला समिति १ सय १६ सदस्यीय थियो । आजको वैठकमा १०७ जनाको उपस्थिति रहेको थियो । नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितको प्रमुख आतित्थतामा बसेको बैठकमा केन्द्रीय सदस्यहरु गुरु बराल, जीवन घिमिरे, डा. शिवमाया तुम्बाहाम्फेसहित मोरङका रहेका प्रदेश समिति सदस्यहरुको आतिथ्यता रहेको थियो ।

तत्कालिन कार्यसमितिमा रहेका आजको वैठकमा अनुपस्थित रहनेमा टंक भण्डारी, मानबहादुर श्रेष्ठ, मणि दाहाल, काशिम मियाँ, रविन नगरकोटी, उपेन्द्र घिमिरे, चण्डि राई, ओसिम आलम र पारुल क्षेत्री हुनुहुन्छ ।

यसैबिच आजको वैठकले यहि असोज १० गतेभित्र २०७५ जेठ २ मा फर्कने निर्णयलाई सवै स्थानीय तहमा कार्यान्वयन र व्यवस्थापन गरिसक्ने निर्णय गरेको छ । यस्तै असोज १५ भित्र सदस्यता नविकरण र व्यवस्थापन गरिसक्ने, सवै जनसंगठनहरुको असोज १० सम्ममा नविकरण तथा व्यवस्थापन गरिसक्ने निर्णय भएको छ ।

यस्तै संघीय राजधानीमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि प्रतिनिधिहरु क्षेत्रगत, समावेशीगत रुपमा जिल्ला कार्यालयले प्रस्ताव गयार गर्ने निर्णय गरेको छ । यसैगरि कोभिड–१९ का कारण लामो समयदेखि अस्तब्यस्त रहेको शैक्षिक क्षेत्रलाई खोपको आवश्यक व्ययवस्थापन गरि तत्काल सुरक्षित सु–सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण समेत गराउने निर्णय गरेको अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)

सोमबार २२ फाल्गुण, २०७९
२ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण

मङ्गलबार १६ फाल्गुण, २०७९
३ हप्ता अघि

आमाको माया छात्रावासमा ट्विन हार्ट मेडिटेशन

सोमबार १५ फाल्गुण, २०७९
३ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरमा शान्ति र्याली

बिहिबार ११ फाल्गुण, २०७९
४ हप्ता अघि

मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)

मङ्गलबार ९ फाल्गुण, २०७९
४ हप्ता अघि

विराट महेन्द्र रात्री माविमा स्वच्छता सम्वन्धी सचेतना

शनिवार २८ माघ, २०७९
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net