नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटी गठन

लालबाबु पण्डितले दिए शुभकामना

पूर्वीटाईम्स संवाददाता
शुक्रबार १ असोज, २०७८
२ वर्ष अघि

विराटनगर १ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र बनाएको हो ।

अभियान अन्तर्गत मोरङको कटहरीमा सम्पन्न भेलाले गाउँपालिकाका ७ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

पूर्वमन्त्री तथा नेकपा (एमाले) पोलिट ब्यूरो सदस्य लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा कटहरी–५ स्थित दलित सामुदायीक भवनमा सम्पन्न मुक्ति समाजको गाउँपालिका स्तरीय भेलाले विद्यानन्द सरदारको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा उपेश हरिजन, सचिवमा दिपेन्द्र ऋषिदेव, सह–सचिवमा विरेन्द्र सरदार वासोदेवी सरदारलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मन्टु पासवान, राहुल पासवान, मिठु पासवान, बलराम ऋषिदेव, विजय ऋषिदेव, वसस्तीदेवी सरदार, मन्सादेवी सरदार, दौनादेवी सरदार, सृजना सरदार, सितकुमार सरदार, शुशिल हरिजन, मुन्ना कुमारी सरदार, सुर्यनारायण हरिजनलगायत रहेका छन् ।

भेलाले छनौट गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा राष्ट्रियसभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश नं. १ का इन्चार्ज खेम नेपालीले गरेका थिए ।

नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा (एमाले) मोरङका सचिवालय सदस्य, मुक्ति समाज मोरङका सह–इन्चार्ज जितनारायण सरदारले शपथग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा नेकपा (एमाले) पोलिट ब्यूरो सदस्य लालबाबु पण्डितले दलित समुदायका मुद्धा एमालेले मात्र सम्बोधन गर्ने बताए ।

उनले सवैभन्दा विपन्न र भूमिहिन दलित समुदाय रहेकाले एमाले नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेर जग्गा वितरणको प्रकृया सुरु गर्न लागेको बेला सर्बोच्च परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग नै विघटन गरेर दलित समुदायमाथि कुठाराघात गरेको बताए ।

नेता पण्डितले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत एमाले नेतृत्वको सरकारले दलित समुदायको संस्कृती संरक्षणका लागि पनि प्रयाप्त काम गरेको समेत बनाए । उनले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत कटहरीमा मात्र नभएर तराईका धेरै जिल्लामा सामुदायीक भवनहरु निर्माण गरिएको बताए ।

उनले कटहरीको दलित सामुदायीक भवन सोही कार्यक्रम अन्तर्गत निर्माण भएको र केही अपुरो रहेकाले आगामी निर्बाचनबाट बन्ने एमालेकै सरकारले पूर्णता दिने बताए ।

नेता पण्डितले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै कटहरीका सवै दलित समुदायलाई मुक्ति समाजमा संगठित गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य बाबुराम कार्कीले संगठित भएर मात्र आफ्नो अधिकारका लागि लड्न सकिने बताए । उनले एमाले मात्र देश र जनताका लागि काम गर्ने पार्टी भएकाले अब हुने तीनै तहको निर्बाचनमा एमालेलाई जिताउनुपर्ने बताए ।

सो अबसरमा राष्ट्रियसभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का इन्चार्ज खेम नेपालीले दलित समुदायलाई राजनीतिक रुपमा सवैभन्दा पहिले एमालेले संगठित गरेर हक अधिकारका लागि लड्न सक्ने बनाएको बताए ।

उनले सिंगो दलित समुदायको अधिकारका लागि मुक्ति समाजले अगुवाई गर्दै आएकाले सम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य सदत्यनारायण चौधरी, नेकपा (एमाले) मोरङका सल्लाहकार मोहनलाल सरदार, जिल्ला कमिटी सदस्य सुभाष सरदार, बैजु विश्वास, मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्मालगायतले नवगठित कमिटीलाई शुभकामना दिए।

कार्यक्रममा नेकपा एमाले क्षेत्र कमिटी सदस्य कमल कार्की, युवा नेता मनोज राईको समेत उपस्थिती रहेको कार्यक्रम मुक्ति समाज मोरङका सचिव विनोद चाहारले सञ्चालन गरेका थिए । कार्यक्रममा कटहरी गाउँपालिकाको ७ वटै वडाबाट सयौँको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

सुनवर्षी महराजथानआस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल

सोमबार १८ मङ्सिर, २०८०
५ दिन अघि

अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले गरे मनोरञ्जन

सोमबार १८ मङ्सिर, २०८०
५ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सफाई कर्मचारीलाई लत्ता कपडा र मिठाई वितरण

शुक्रबार १७ कार्तिक, २०८०
१ महिना अघि

छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतना

बिहिबार २५ असोज, २०८०
२ महिना अघि

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

बिहिबार २५ असोज, २०८०
२ महिना अघि

‘सेलेब्रल पाल्सी डे’ को अवसरमा निःशुल्क दन्त परिक्षण शिविर

शनिवार २० असोज, २०८०
२ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
सुनवर्षी महराजथानआस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल
सोमबार १८ मङ्सिर, २०८०
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net