असोज ६ / विराटनगर – नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनका लागि मोरङमा भईरहेको वडा अधिवेशनमा को विराटनगर महानगरपालिका वडा नं -१० बाट क्षेत्रीय प्रतिनिधिमा युवा उद्यमी श्रुती शर्मा तथा विद्यार्थी नेता जसवन्त पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
विराटनगरमा असोज ६ गते बुधबार वडामा निर्वाचन हुने तय भए पनि
मङ्गलबारको दिन वडा नं १० मा भएको अधिवेशनमा भने सर्वसम्मतिमा नेतृत्व चयन भएको थियो ।
मोरङ्ग व्यापार संघको सदस्य समेत रहेकी श्रुती शर्मा रोटेरी क्लव, विराटनगर जस्तो सामजिक संस्थामा अध्यक्षको हैसियतमा काम गरिरँहदा युवाहरू सामाजिक कार्यमा मात्र सिमित नरहेर राजनितीमा पनि आउनु पर्छ भन्ने भावनाले गर्दा आफुले उम्मेदवारी दिएको बताईन ।
‘ मैले मेरो उम्मेदवारी किन आवश्यक छ र जिते भने पार्टी तथा समाज लाई के कस्तो योगदान गर्न सक्छु भनेर वडाको क्रियाशिल अग्रज , साथीहरू तथा अनुजहरू लाई बताईरँहदा सबैले विश्वास गरेर आफुलाई भुमिका दिदा आफुलाई खुसी लागेको ‘ शर्माले बताईन , ‘ आफु जस्तै युवाहरू पार्टीमा निर्वाचित हुदा आफु झनै राजनिती र पार्टी प्रति आशावादी भएको छु ‘ ।
महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघका एकाई सभापति जसवन्त पौडेल आफुले विद्यार्थी तथा क्याम्पस तथा शिक्षा क्षेत्रमा गरिरहेको काम देखेर आफुलाई पार्टीको साथीहरूले क्षेत्रिय प्रतिनिधीमा निर्विरोध हुन सहयोग गरेकोले खुसी लागेको तथा थप जिम्मेवारीवोध अनुभव भईरहेको बताए ।
‘ काँग्रेसमा राजनिती बुढापाखाले मात्र गर्छन भन्ने भाष्य समाजमा चलिरहँदा म लगायत युवाले त्यो भाष्य लाई सानै रूपमा भएपनि परास्त गर्न पाँउदा खुसी महसुस भएको तर यसैलाई अन्तिम विन्दु मानेर नबस्ने ‘ पौडेलले बताए ।
महेन्द्र मोरङ्ग क्याम्पसमा विद्यार्थी माझ लोकप्रिय रहेको पौडेलले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै पार्टीको माध्यम बाट विद्यार्थीको हकहितको मामिला लाई अझ बलियो सँग उठाउन आफुलाई थप जिम्मेवारी मिलेको हुदा अझ महेनत गर्ने प्रेरणा मिलेको भनेर बताए ।