मोरङको सुनबर्शी नगरपालिका वडा नं २का ४जाना तीन महिना देखी दुबई मा अलपत्र परेका छन्।
अलपत्र पर्ने हरुमा सुनबर्शी कै जंगली शर्मा खत्वे, दुखिया शर्मा खत्वे, सुनिल शर्मा खत्वे, र दिनेश शर्मा खत्वे रहेका छन्। कतार भनी पुस ७गते काठमाडौं बाट उनीहरूलाई एजेन्ट ले पठाएपनि उनीहरू कतार नपुगी दुबई पुगेका हुन्। जनही १लाख ६५हजार लिएर एजेन्ट ले ठगी गरेको पाइएको छ।
उता अलपत्र परेका लाई फर्काउने पैसा समेत नभएको गुनासो परिवारले गरेका छन् । अलपत्र परेका आफ्ना परिवार लाई फर्काउन सबै सँग सहयोग मागिरहेको कुरा परिवारहरूले जानकारी गराउनु भयो। यसै बीच सोही नगर पालिका का समाजसेवी नर बहादुर भण्डारी ले २०हजार खत्वे परिवार लाई सहयोग गर्नु भएको छ।