विराटनगर, १४ असोज । लिवर्टीको सातौ सधारणसभा तथा दशैको सुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथी मोरंगका प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले पत्रकार पोखरेल , युवा व्यवसायी दिनेश कुमार साहा लगायतका जनप्रतिनिधिहरुलाई सम्मान पत्रले सम्मान गरेका हुन ।
कार्यक्रममा अर्थविद डा. भेषप्रसप्रसाद धमला, बुढिगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगर , लायन्स क्लब ३२५ एवानका डिस्टीक गर्भनर रेवत बहादुर कार्की, युवा नेता कृष्ण कार्की, विराटनगर कांग्रेसका सभापती दिपक चपागाँई , राप्रपा नेता राजेश मास्के , स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. सिता घिमिरे लगायतको सहभागिता थियो ।
कार्यक्रमका प्रमुख अतिथी काशिराज दाहालले राज्यले गर्ने काम सामाजिक संघ संस्थाले गरेको बताउदै मुक्त कण्ठले प्रशंसा गरे । उनले भने, राज्यले गर्ने काम तपाँईहरुले गर्नुभएको छ तपाँईहरुलाई धन्यवाद छ,।
त्यसैगरी बुढिगंगा गाउपालिकाका अध्यक्ष जित नाारायण थापा मगरले समाज रुपान्तरणमा सामाजिक संघ संस्थाहरुले समाजलाई पुर्याएको योगदान भुल्न नहुने बताए ।
उनले भने,यो संस्थाले पुर्याएको योगदानको उच्च मुल्याकंन समाजले गर्छ ,। कार्यक्रममा समाजसेवी युवाहरु कृष्ण कार्की,दिपक चापागाँई लगायत बोलेका थिए । कार्यक्रम लिवर्टी नेपालका अध्यक्ष राजन भटराईको सभापतीत्वमा सम्पन्न भएको थियो ।