मोरङ २ः एमालेको पक्षमा जनलहर, सत्ता गठबन्धनमा निरासा

चुनावी माहोल एमालेको पक्षमा

पूर्वीटाईम्स संवाददाता
शुक्रबार १८ कार्तिक, २०७९
११ महिना अघि

विराटनगर । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ हुँदैछ । मोरङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवारहरु निरन्तर जनताको घरदैलोमा पुगिरहेका छन् । क्षेत्र नम्बर २ मा एमालेका प्रतिनिधिसभा सदस्यका उमेदवार ऋषिकेश पोखरेल २ (क) का डिबी कार्की र २ (ख) का प्रदेशसभा सदस्यका उमेदवार लिलाबल्लभ अधिकारी निरन्तर जनताको घरदैलोमा पुगिरहेका छन्।

एमालेका उम्मेदवार चुनाव आउँदा मात्र नभई जहिल्यै जनताको सम्पर्कमा छन् । उनीहरु स्थानीय समस्या समाधानसँगै जनताको पीरमर्का र कठिनाइमा सकेसम्मको साथ दिँदै आएका छन् ।

एमाले उमेदवार जहिल्यै जनतासँग घुलमिल हुँदै आएका छन् भने कांग्रेस नेतृत्वको चारदलीय सत्ता गठबन्धनका उमेदवारहरु उमेदवारी दर्तापछि मात्र गाउँमा झुल्किन थालेको स्थानीयले बताएका छन् ।

यतिबेला एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेल, प्रदेशसभा सदस्यका उम्मेदवार कार्की र अधिकारी जनतासँग स्थानीय समस्या बुझ्दै सुझाव संकलन गर्न व्यस्त छन् । तर, चार दलीय सत्ता गठबन्धनका उमेदवारहरु भने जनतालाई कसरी आफूतिर मत तान्न सकिन्छ भन्ने ध्याउन्नमा मात्र केन्द्रित देखिएको स्थानीय श्याम ताँती बताउँछन् । ‘स्पष्ट एजेण्डा, भिजन, योजना र प्रतिवद्धता लिएर पो जनता माझ आउनुपर्ने हो ।’ उनले भने,‘कांग्रेस–माओवादीका उमेदवारमा त्यो देखिएन । उनीहरु कसरी जनताबाट मत पाउने भन्ने ध्याउन्नमा छन् ।’

आफ्ना जनप्रतिनिधि स्थानीय समस्याबारे जनकार नहुँदाको कठिनाइबारे महसुस भएकाले यसपटक निरन्तर जनताको बिचमा र जनताको सम्पर्कमा रहने भएकाले सो क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका एमालेका सवै उम्मेदवारलाई जिताउने मनस्थिति आफूहरु रहेको हालसम्म कुनै पार्टीमा नखुलेका मतदाताले बताएका छन् । सोही कारण अहिले मोरङ २ मा एमालेको पक्षमा जनलहर देखिएको छ ।

मोरङ क्षेत्र नम्बर २ मा रतुवामाई, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिकाको वडा नम्बर १, २, ३, ८, ९, पथरीशनिचरे नगरपालिकाको वडा नम्बर ५, ६, कानेपोखरी गाउँपालिकाको वडा १, २ र ३ उक्त क्षेत्रमा समेटिएको छ ।

उक्त क्षेत्रमा पर्ने २९ वटै वडामा प्रतिनिधिसभा सदस्य उमेदवार ऋषिकेश पोखरेलले घरदैलो अभियान तिव्र पारेका कारण मतदाता निकै उत्साहित देखिएका छन् । जनताको घरदैलोमा पुगेर मत माग्दा स्थानीय जनताले उमेदवार पोखरेल आफ्नै घर आगनको व्यक्ति भएकाले र स्थानीय समस्या बुझ्ने हुँदा मत दिएर जिताउने बताएका छन् ।

उमेदवार पोखरेल जहिल्यै पनि आफूुहरु माझ आइरहने भन्दै सो क्षेत्रका ज्येष्ठ नागरिकहरुले समेत पोखरेललाई आशीर्वाद दिइरहेका छन् । लगातार ३० वर्ष जितेर गएको कांग्रेसकै कारण सो क्षेत्र विकासमा पछि परेकाले आफूहरुको सही उमेदवार पोखरेलनै भएको स्थानीय पहिलोपटक मतदान गर्न लागेका मतदाताहरुसमेत बताउँछन् ।

यतिबेला मोरङको निर्वाचन क्षेत्र २ मा प्रतिनिनिधिसभा सदस्य एमाले उम्मेदवार पोखरेल, प्रदेशसभा सदस्यका उम्मेदवार २ (क) डिबी कार्की र २ (ख) का लिलाबल्लभ अधिकारीको पक्षमा जनलहर देखिएको स्थानीयल मतदाताको बुझाइ छ ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध सत्ताधारी पाँच दल एक भएर लडेपनि सो क्षेत्रअन्तर्गत रतुवामाई नगरपालिकाको प्रमुखबाहेक, अन्य सवै पालिकाका प्रमुख, उपप्रमुख, कार्यपालिका र अधिकांश वडा एमालेले जितेको थियो ।

प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनकी साझा उमेदवार नेपाली कांग्रेसकी सुजाता कोइराला एमालेका पोखरेलसँग प्रतिष्पर्धा गर्दैछिन् । नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट चुनाव जितेर पटक–पटक प्रधानमन्त्री बनेपनि सुजाता पहिलोपटक भोट माग्दै गाउँघरमा देखिन थालेकी हुन् ।

नेपाल सरकारको उपप्रधानमन्त्री र मन्त्री हुँदासमेत सो क्षेत्रका लागि कुनै काम नगरेको र सो क्षेत्रमा उनको कुनै योगदान नरहेको आरोप स्थानीयले लगाएका छन् ।

सम्बन्धित खवर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो बाल दिवस

आईतबार ३१ भदौ, २०८०
४ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

बुधबार २७ भदौ, २०८०
१ हप्ता अघि

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सोमबार २५ भदौ, २०८०
१ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

सोमबार ११ भदौ, २०८०
४ हप्ता अघि

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

शुक्रबार ८ भदौ, २०८०
४ हप्ता अघि

जोनल फुटसलको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जित्यो

शनिवार २७ साउन, २०८०
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net