विराटनगर, २८ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराट महेन्द्र रात्रि माविमा स्वच्छता सम्वन्धी सचेतनामुलकम कार्यक्रम आयोजना गरेको छ ।
शनिहाटस्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि क्लबले सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो । कार्यक्रमको श्रोत व्यक्ति विराटनगर महानगरपालिकाकी स्वास्थ्यकर्मी श्रीमती निम्ना श्रेष्ठ रहेकी थिइन् । उनले सबै विद्यार्थीहरूलाई हात धुने र व्यक्तिगत सरसफाइ कायम राख्ने उपायबारे बताएकी थिइन् ।
साथै सरसफाईका बारेमासमेत जानकारी गराएकी थिइन् । कार्यक्रममा सबै विद्यार्थीहरूलाई स्वच्छता किटसमेत प्रदान गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।