मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)

दुई महिने अभियान सञ्चालन

पूर्वी टाईम्स संवाददाता
मङ्गलबार ९ फाल्गुण, २०७९
७ महिना अघि

विराटनगर, ९ फागुन । मोरङमा नेकपा (एमाले) को विषेश अभियान ‘मिसन ग्रासरुट’ सुरु भएको छ । मंगलबार सम्पन्न जिल्ला कमिटीको विशेष बैठकले दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षता र पार्टी पोलिटव्युरो सदस्य देवेन्द्र दाहाल, जितु गौतम, जगदिश प्रसाद कुसियत लगायत दुई महिने पार्टी सुदृढिकरण तथा विस्तार अभियानमा मोरङमा खटिएका सबै केन्द्रिय कमिटी, प्रदेश कमिटी र पदेन सदस्यहरुको (पालिका कमिटी अध्यक्ष) उपस्थितिमा सम्पन्न बैठकले दुई महिने विषेश अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले दुई महिने अभियान अन्तर्गत संगठनात्मक, राजनीतिक, वैचारिक काम, पालिका तथा वडा स्तरमा अनिवार्य गर्नुपर्ने कामहरु, विशेष राजनीतिक वैचारिक प्रशिक्षण, भेला, अधिवेशन, सामाजिक जागरण/सांस्कृतिक सम्मन्ध सहितको रचनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

अभियानमा खटिइने पार्टी केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र पालिक कमिटीका नेताहरुको जिम्मेवारी समेत तोकिएको छ । अभियानभरी एमालेका सवै नेता कार्यकर्ता जनताको घर–घर पुग्नेछन् ।

दुई महिने अभियान अन्तर्गत आगामी फागुन १५ गतेभित्र सांगठनिक, राजनीतिक र बैचारिक काम हुनेछ । जस अन्तर्गत पालिका स्तरमा अभियानका अभियन्ता तथा पालिका पदाधिकारीको बैठकको आयोजना गरि कार्ययोजना निर्माण गर्ने र आ–आफ्नो कार्यविभाजन सहितको प्रस्ताव तयार गरिने छ । त्यस्तै पालिका कमिटीका साथै पार्टी वडा कमिटी अध्यक्ष र स्थानीयतहका सबै वडा अध्यक्षहरु, प्रमुख, उपप्रमुख सहित अभियन्ताहरुको संयूक्त बैठकको आयोजना गरिने अध्यक्ष पोखरेलले बताए ।

उनका अनुसार तयारि प्रस्ताव उपर छलफल गरि सुझावका आधारमा सबैको अपनत्व हुने गरि निर्णय लिइनेछ । उक्त बैठकले विस्तृत कार्ययोजना प्रस्ताव उपर छलफल गर्दै मिसन ग्रासरुटको महत्व, यसले पार्ने प्रभाव र नेताहरुको दायित्वका विषयमा प्रशिक्षित गरिनेछ ।त्यस्तै, जिल्लाको पुनःकार्यविभाजन, जिल्ला परिषद बैठक आगामी २०८० बैशाख मसान्तसम्म सम्पन्न गर्ने र जिल्ला कमिटीको बैठकमा लगातार पांच पटकसम्म अनुपस्थित रहने कमिटीका सदस्यहरुलाई कमिटीबाट विदा दिने साथै लगातार तीन वा चार पटक बैठकमा अनुपस्थित भएका जिल्ला कपमटी सदस्यहरुलाई स्पष्टिकरण सोधिने छ ।

त्यसैगरी आगामी फागुन ३० गतेभित्रमा पालिका तथा वडा स्तरमा अनिवार्य गर्नुपर्ने कामहरु अन्तर्गत पालिका कमिटी र वडा पदाधिकारी सहितको प्रशिक्षण, टोल/वडा/नगर पदाधिकारी प्रशिक्षण, वुद्धिजिवी भेला, सहकारी नेतृत्व भेला प्रशिक्षण, जनसंगठन नेतृत्व भेला प्रशिक्षण र सबै जनसंगठनको अधिवेशन केन्द्रित वडा स्तरिय उत्प्रेरक वनाई कामको जिम्मेवारी दिइने छ ।

सोही काम अन्तर्गत जनप्रतिनिधि भेला तथा प्रशिक्षण साथै आगामी परिषदको तयारीको विषेश जिम्मेवारी तय गर्ने, पार्टी सदस्यहरुको नविकरणका साथै अध्यवधिक गराउने विषेश योजना बनाई जिम्मेवारी दिने, वडा कमिटी र टोल कमिटी पदाधिकारी बैठक बसी नयाँ पार्टी सदस्यता दिने सम्वन्धमा योजना वनाउने, हरेक वडास्तरमा २५ देखि ५० जनासम्मको अगुवा र सम्भावना वोकेका नेतृत्वको छनौट गरि (यूवा/महिला/रिटर्नी/किसान/विद्यार्थी) लगातार नेतृत्व निर्माण र राजनीतिक÷वैचारिक प्रशिक्षणको कार्ययोजना वनाउने, एक पालिका पांच मिडियाकर्मी निर्माण गर्न प्रेसचौतारी मोरङसँग समन्वयगरि पत्रकारिता तालिमको व्यवस्था गरिने अध्यक्ष पोखरेलले जानकारी दिए ।

त्यसैगरी आगामी चैत १ देखि १५ गतेसम्म विशेष राजनीतिक वैचारिक प्रशिक्षण, भेला र अधिवेशनसहरु हुने जनाइएको छ । जस अन्तर्गत . टोल भेला, टोल सम्मेलन, वडा अधिवेशनहरु, जनप्रतिनिधि, पूर्वजनप्रतिनिधिहरुको भेला, स्थानीय संसदीयदलको भेला बैठक र प्रशिक्षण हुनेछ । सोही काम अन्तर्गत विभिन्न समयमा पार्टीले स्थानीय/प्रदेश तथा संघमा बनाएका उमेदवारहरुको भेला, पार्टीको जिल्ला, केन्द्रिय अधिवेशन, महाधिवेशनका प्रतिनिधिहरुको भेला, जनवर्गीय संगठनहरुको भेला एवम् कमिटी निर्माण, जेष्ठ पार्टी सदस्यहरुको भेला र सम्मान, पार्टी सदस्यहरुको वीचमा सृजना भएका अन्तर विरोधहरुको समाधान गरिने अध्यक्ष पोखरेलले बताए ।

उनले आगामी चैत १६ गतेदेखि वैशाख १ गतेसम्म सामाजिक जागरण/सांस्कृतिक सम्वन्ध सहितको रचनात्मक अभियानसमेत चल्ने बताए । जस अन्तर्गत सामुदायिक विद्यालय शिक्षा सुधार, स्वस्थ्य र पोषणको जानकारी, विद्यालयमा फुलबारी अभियान, स्वास्थ्य केन्द्रहरुको सरसफाईका साथै अन्य रचनात्मक कामहरु, आम जेष्ठ नागरिकहरुको संस्थामा सहयोग, सम्मान कार्यक्रम साथै अन्य रचनात्मक कामहरु, समाजमा रहेका विभिन्न भजन, किर्तन मण्डलीहरु वीच छलफल वडा स्तरमा प्रतिस्पर्धात्मक भजन÷किर्तन गराउने र पुरष्कारको व्यस्था गर्ने, सहकारी तथा साना किसान सहकारी सदस्यहरुको भेलाको आयोजना गरि विषयगत प्रशिक्षण दिने, सामुदायिक वन उपभोक्ताहरुको भेला र विषयगत प्रशिक्षणको आयोजना गरिने बताए ।

सोही अभियान अन्तर्गतनै समाजमा रहेका धामी, झाक्री, ज्योतिषीहरु र आयुर्वेद औषधि प्रयोग गर्नेहरुसंग पार्टी नेतृत्वको समुहले भेटघाट गर्ने र उनीहरुलाई आजको परिवर्तित सन्दर्भ र परम्परागत प्र्रणालीका वीच अन्तर सम्वाद गर्दै घरघरमा गएर सम्मान गर्दै गुनासाहरुको अध्ययन गर्ने, समाजमा रहेका विभिन्न धार्मिक/सास्कृतिक समुह, पण्डीतहरु/पुजारीहरु, पास्टरहरु, वौद्ध भिक्षुक, मुल्मिहरु, माझीहाडामहरु र मुखियाहरु लगायतहरु उनिहरुकै लयमा पार्टी नेतृत्वको समुहले भेटघाट गर्ने दुखःसुखका कुरा गर्ने सामाजिक सम्मान गर्ने, सबै पार्टी सदस्यहरुले अनिवार्य करेसावारी वनाउने र तरकारीमा आत्मानिर्भर हुने कोशिष गर्ने कम्तिमा एउटा फलफुलको विरुवा लगाउने अनिवार्य अभियान शुरु गरिने अध्यक्ष पोखरेलले बताए ।

त्यस्तै किसानहरुका समस्या समाधानका लागि जैविक मल बनाउने प्राविधिकसंग समन्वय गरेर किसान हरुलाई शिप शिकाउने र मलमा आत्मानिर्भर हुन कोशिष गर्ने जस्कालागि गोवर मल/घन्सी/मुगदाल/झोल मल/कृषिचुना/पिनाको प्रयोग सहित आफ्नो माटाको परिक्षण गर भन्ने अभियान संचालन गरिनेसमेत जानकारी दिए ।

उक्त अभियानहरु सञ्चालन गरेपछि आगामी वैशाख २ गतेदेखि ७ गतेसम्म समग्र अभियानको प्रतिवेदन तयारी गरि वैशाख ९ गते सम्पूर्ण अभियानका अभियन्ताहरुको शान्तभोज सहितको खुशीयाली बैठक तथा सम्मान कार्यक्रम पार्टी जिल्ला कार्यालय पाञ्चालीमा आयोजना गरिने अध्यक्ष पोखरेलले बताए ।

अभियान सञ्चालनका लागि जिल्ला कमिटी मोरङले मातहतका कमिटीलाई निर्णय कार्यान्वयन गर्न सर्कुलर जारी गरेको छ । अभियानमा खटिइने सवै नेताहरुलाई जिल्मेवारीसमेत तोकिएको र नेताहरु सम्वन्धीत पालिका र वडामा अनिवार्यरुपले खटिइनुपर्ने जनाइएको छ ।

यस्तो छ नेताहरुको जिम्मेवारी वाँडफाँड:

सम्बन्धित खवर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो बाल दिवस

आईतबार ३१ भदौ, २०८०
५ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

बुधबार २७ भदौ, २०८०
१ हप्ता अघि

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सोमबार २५ भदौ, २०८०
२ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

सोमबार ११ भदौ, २०८०
४ हप्ता अघि

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

शुक्रबार ८ भदौ, २०८०
४ हप्ता अघि

जोनल फुटसलको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जित्यो

शनिवार २७ साउन, २०८०
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net