अब फेरी त्यो असार १५ कहिले आउँछ होला ?

पूर्वीटाईम्स संवाददाता
बिहिबार १४ असार, २०८०
३ महिना अघि

आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु ।

हामि– किन ?

आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा  भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु ।

हामी खुसिले –हुन्छ आमा (खुशिले जिउ जिरिङ फुल्छ, चिउरा खान पाईने भयो, मोहीसँग तातो भात हतार हतारमा खाएर स्कुल । दिनभरी  स्कुलमा के के भयो थाहाछैन । जम्मा ध्यान कतिखेर छुट्टि हुन्छ । टन्टलापुर घाम, हतारमा घर आईपुगियो, आमा डोको भरिको मकैको भारि घोप्ट्याउदै, ए आएछौ मकै पोलिदिएको छु खाओ र गाईवाख्रा, भैँस, गोरु अल्झिए होलान् ,वेलुकीका लागि दश मुठा घास पनि चाहिन्छ, बुबा विहान गोरु खोलेपछि दिनभरि मकै भाँचेर गल्नु भएको होला दुई चार डोका वोक्न साथ दिए छिटो सकिन्थ्यो होला । (हतारमा किताव र लुगा पिडिको वेन्चिमा राखेर आदेशको पालना सुरुवात, पोलेको मकै, मल खाडि छेउको भिन्डि पटक्क भाचेर झुस आलिको दुवेले पुछेर खाँद, मकैबारीको कलिलो काँक्रो, बोढि, घुर्मि, कुटुकि खादै, हतारमा गरिएको काम, आहा त्यो वेलाको हाम्रो जँगर !)

असारको लामो दिन हतारमा सवै काम सहित गाई वस्तु थन्क्याईसक्दा झमक्क साँझ पथ्र्यो । लाल्टिन र कुपि वालेर घर उज्यालो वनाउदै आमा भान्साको तयारिमा, वाल्टि लिएर वुवा गाई भैंसि दुहुंदै, खोलेको भाँडो सफा गरि वाहिरि चुलोमा चिउराको पानि तताउदै, उम्लिएको पानि टिनको वट्टामा धान भिजाउदै असारे चर्को घाम, मकै बारिको उखुम् गर्मी, पसिनाले पटक–पटक भिजेको कपडा निचोर्दै लाउदै ,दिन भरिको संघर्ष वाट वेलुकिको ति कामहरु मानस पटलमा सपनामा झैँ असार १५ ले संझाई रहन्छ ।

वुवा दुधको वाल्टि दिदै, दुध वाहिर तताउने कि भित्रै? आमाको हतारमा अलि ठुलो आवाज आउछ, हे केटाकेटीहो अव दुई तिन दिन दुध खान मिल्दैन, सवै दुध भित्र ल्याओ अषार १५ लाई दहिको जो गर्नु पर्छ, छर छिमेकिले पनि आस गरेका छन । कार्की ठुल्दाई मुस्कुराउदै–मारिन कान्छि वजैले, अव दुर चारदिन यो गर्मीमा मोही खान नपाईने भयो ।

साँझको सवै काम फत्ते । उखुम गर्मीमा सवैको पसिनाले भिजेको शरिर पालैपालो कलको चिसो पानिमा नुहाउदाको आनन्द ! आहा …(आज एसि र पङ्खा लगाउँदै वसेका ठुल्दाई, हौ केटा सारै गर्मी छ हौ आज वाहिरै निस्किएन भनेको सुन्दा ति अतितले गिज्याय जस्तो लाग्छ ।

आमाको आवाज खाना तयार भयो सवैजना एकैपटक आउने–तातो भात, फर्सीको  मुन्टा र  बटुका  भरि झोल मासु, सातै जनालाई एकै पटक । मासुपो रहेछ त ? आमा–ठुल्दाईले ल्याएको लुते खसि रहेछ क्यार वोसो कम परेछ ।(फलामको कराई १ पन मासु ,सातजनाको परिवार सातै वटुका भरि भरि )(त्यति मिठो मासु भात फेरि आज भोलि फेलै पर्दैन )

खाना पछि –वहिनि धन्दामा । हामी पिढीमा मकै सर्याउने काममा ।

आमा–छिटो छिटो गर है, नानि हो भोलिलाई ठाँउ खालि गर्नु छ । भोलि ठुलो गराको मकै भाँच्नु छ । (१० वजेछ झुत्ता वनाए जति घारमा राख्ने नङ्ग्याएको जति सिलिङमा राखि सकेर सुत्ने तयारि)

दिन भरिको प्रचण्ड गर्मी । थाकेको सरिर,  सात फुटे बरण्डा, टिनको छानु, खाटको झुरियको तातो ओछ्यान, मधुरो वत्ति निभाउदै निदाउने कोसिस ।

आमा–५ वजिस्यो, उठ है, वस्तु वाहिर निकाल र चिउराको पानि तारेर ढिकी सफा गर, वेलुकी छिटै देखि चिउरा कुट्न पर्छ।

हामी–हतारमा चिउरा खान पाउने खुशिले सवै काम फत्ते ।

वेलुकि थापा दाई आउछन, ५ वजे नै खाना खाई सकिन्छ, चिउरा भुट्न सुरु हुन्छ ,छिमेकि काकी वडीहरुसहित, अन्य तयारी  पुराहुन्छ । रातिको ११ वज्यो सुनसान गाँउ, परपरका घरमा मधुरा वत्तिहरु, गाँउभरी ढिकिका ढक ढक आवाजहरु, बाहिरी वातावरण बाक्ला जुनकिरिहरुको झिलिमिलि, वेलावेला भ्यागुताको ट्ववार ट्ववार र कुकुर हरुको वेला वेलाको आवज, धमिलो आकाशमा कतै कतै देखिने चम्किलो तारा हरुको वातावरण मानसपटलमा सपना जस्तै छाहिरहेका छन् ।

आज असार १५ आफै विउँझिएछ, गाई वस्तुको मेलो सकेर, चुना लगाएर ड्याम्निमा पराल र सिमलिले छोपेर पकाउन हालेको, पर्रा, कुरकुचे, चिनि चम्पा, केराका घरिहरु र आप, कटहर वाहिर निकाल्दै पिंडिमा राख्ने काम सकियो ।

बुवाबाट आँपको पात थालभरी फिंजाएर हरेक पातमा थोरै थोरै चिउरा, दही केरा, कटहर, फुल र अगरवत्तिसहित पुजा गरि विभिन्न ठाँउमा चडाउने काम सम्पन्न । छिमेकि हरुमा ठुलो ठेकिको दहि, केरा कटहर पुर्याउने काम सकियो ।

आमा हात धोएर सवैजना आउने–परिवारका सबै सदस्यहरु भान्साको काठ, घोसेल्टा, पटेर, सिरुको पिरामा वरिपरि बसेर मानेको असार १५, अबफेरि कहिले आउछ होला ।

असार १५, २०८० को धेरै–धेरै शुभकामना

ऋषिकेश पोखरेल 

प्रतिनिधिसभा सदस्य

अध्यक्ष, नेकपा (एमाले) मोरङ

सम्बन्धित खवर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो बाल दिवस

आईतबार ३१ भदौ, २०८०
४ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

बुधबार २७ भदौ, २०८०
१ हप्ता अघि

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सोमबार २५ भदौ, २०८०
१ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

सोमबार ११ भदौ, २०८०
३ हप्ता अघि

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

शुक्रबार ८ भदौ, २०८०
४ हप्ता अघि

जोनल फुटसलको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जित्यो

शनिवार २७ साउन, २०८०
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net