विराटनगर । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सहयोग गर्दै आएको बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डा. पार्थ गुरागाईंले सहजिकरण गरेका थिए । सो अवसरमा १५० विद्यार्थीलाई हाइजिन किट प्रदान गरियो भने २० जना विद्यार्थीको कपाल समेत काटिएको थियो ।
कार्यक्रम सफल बनाउन पास्ट प्रेसिडेन्ट रचना राठी, इमिडेट पास्ट प्रेसिडेन्ड रेखा राठी, पास्ट प्रेसिडेन्ट अनिता सोनी, रोटरीयनसरिता गोल्छा, सन्तोष राठीलगायतले सहयोग पुर्याएका थिए ।
कार्यक्रममा शिव आधारभुत विद्यालय बेलगाछीका शिक्षक, विद्यार्थी अभिभावकलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा रोट्र्याक क्लक अफ नोबेल मेडिकल कलेजको पनि सहयाभगीता थियो । सो अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।