काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका गतिविधि अराजनीतिक र असहिष्णु भएको बताएका छन् ।
मंगलवार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका एमाले काठमाडौंका नेताहरूसँग कुरा गर्दै उनले काठमाडौं महानगरका मेयर शाहका अभिव्यक्ति र गतिविधिप्रति आक्रोश व्यक्त गरेका हुन् ।
देउवाले मेयरका अराजक गतिविधिको जिम्मेवार र संयमित ढंगले प्रतिवाद गर्नुपर्ने समेत बताएका छन् ।
दउवासँगको भेटमा महानगरका मेयरको बारेमा कुरा नभए पनि खुलामञ्चमा देउडा पर्वको अवसरमा भएको अराजक गतिविधिको प्रसंग निस्किएको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताए । उनले बालेनको नाम लिएर भएको त्यस्ता गतिविधि छाडा र अराजक भएको भन्दै देउवाले आक्रोश व्यक्त गरेको बताए ।