विराटनगर । महिलाहरुलाई साक्षर बनाउने अभियानमा रोटरी क्लब अफ विराटनगर डाउनटाउन जुटेको छ । अन्तराष्ट्रिय महिला दिवर र विश्व साक्षरता दिवसको अवसर पारेर क्लबले साक्षरता अभियानको सुरुवात गरेको हो ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बुद्धनगरका ५० जना निरक्षर महिलाहरुका लागि प्रोढ कक्षा सुरु गरेको हो ।
स्थानीय श्री जनता बाल आधारभुत विद्यालय जहदाका विपन्न परिवारका निरक्षर महिलाहरुलाई साक्षर बनाउन प्रौढ साक्षरता कार्यक्रम सुरु गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।