नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको ठहर्याएको छ । उनीमाथि अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ ।समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको भन्दै अनुसन्धान गर्नका लागि सिफारिस भएको हो ।