आमतोलामा सम्पन्न खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी कानेपोखरीलाई (फोटो फिचरसहित)

विजेतालाई ५१ र उपविजेतालाई ३१ हजार

पूर्वीटाईम्स संवाददाता
शनिवार १० कार्तिक, २०८१
५ दिन अघि

रंगेली । मोरङको रंगेली–४ स्थित आमतोलामा सम्पन्न वडा दशैँ खुल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी कानेपोखरीले जितेको छ । समाजसेवा युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा नेता चोक टाइगर फुटबल क्लबलाई पराजित गर्दै कानेपोखरी युवा क्लबले उपाधी जितेको हो ।

आमतोलास्थित जनता माविको खेल मैदानमा सम्पन्न फाइनलमा निर्धारित समयभित्र दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जहाँ कानेपोखरीले ६–५ गोल अन्तरले नेता चोक टाइगर फुटबल क्लबलाई पराजित गरेको हो ।

प्रतियोगिताका विजेता, उपविजेता, रेफ्री र उत्कृष्ट खेलाडीहरुलाई नगद, शिल्ड, मेडल र प्रमाणपत्र रंगेली नगरपालिकाका कार्यबाहक नगर प्रमुख ढकप्रसाद आचार्य (टंक), समाजसेवी तथा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य मनोज अग्रवाल, रंगेली–३ का वडाध्यक्ष भरत प्रसाई, वडानम्बर ४ का वडाध्यक्ष अवधेश मण्डल, ५ नम्बर वडाका वडाध्यक्ष महानन्दन मण्डल, वडा नम्बर ९ का अध्यक्ष चुडामणी रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली घिमिरे, मिनिल्याण्ड बोर्डीङ स्कुलका अभिषेश अधिकारी, समाज सेवा युवा क्लबका सल्लाहकार मनोज राई, अध्यक्ष इश्वर गजमेर, जगदम्बा मूर्मू जडीबुटी सेन्टरका सञ्चालक प्रमेश्वर मूर्मूलगायतले वितरण गरे ।

विजेता कानेपोखरी युवा क्लबलाई नगद ५१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रमुख अतिथी रंगेली नगरपालिकाका कार्यबाहक नगर प्रमुख ढकप्रसाद आचार्य (टंक) ले वितरण गरे । विजेता टिमलाई प्रदान गरिएको नगद ५१ हजार रंगेली नगरपालिकाका नगर प्रमुख दिलिप बगडीयाले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । त्यस्तै, प्रतियोगितामा उपविजेता बनेको नेता चोक टाइगर फुटबल क्लबलाई नगद ३१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र जगदम्बार मूर्मू जडीबुटी सेन्टरका सञ्चालक प्रमेश्वर मूर्मूले वितरण गरे ।

त्यस्तै, उत्कृष्ट गोल रक्षक कानेपोखरी फुटबल क्लबका सुवर्ण श्रेष्ठ, सवैभन्दा बढी गोल गर्नेे खेलाडी नेता चोक टाइगरका नवीन माझी, अनुशासित टिम भाउन्ने युवा क्लब र म्याच रेफ्री सन्दिप राउत, खेलको म्यान अफ दी म्याच नेताचोक टाइगरका दिवाकर चौधरी र म्यान अफ दी सिरिज कानेपोखरीका प्रशान्त प्रधानलाई शिल्ड, मेडल तथा प्रमाणपत्र समेत वितरण गरिएको आयोजक समाज सेवा युवा क्लबका अध्यक्ष इश्वर गजमेरले जानकारी दिए ।

प्रतियोगितामा आयोजक सामाज सेवा युवा क्लब, राजघाट दुर्गापुरी युवा क्लब, सिदार्थ युवा क्लब सौँठा, भाउन्ने युवा क्लब, सुनसरीको खनारस्थित पाँचतारे युवा क्लब, सुन्दरहरैँचाको पचाम जागृती युवा क्लब, कानेपोखरी युवा क्लब र नेता चोक टाइगर फुटबल क्लब टिमको सहभागीता रहेको समाज सेवा युवा क्लबका सचिव विकाश न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताको समापन कार्यक्रकमा प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथीलगायत सहयोग गर्ने सवैलाई मायाँको चिनो समेत वितरण गरिएको थियो ।

नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net