मृग भनेर गोली हान्दा साथीको ज्यान गयो ।

बिशाल कुमार मण्डल
शुक्रबार २३ कार्तिक, २०८१
४ हप्ता अघि

खोटाङ : साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका-१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ। 

 

फेदीको हात्तीढुङ्गे जङ्गलमा शिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो।

 

जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चेतनले मृग भनेर गोली हानेको तर, दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरेकोजिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिए।

 

फेदीको पिपिङस्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको र चेतन भाग्दै गरेको फेला पारेको आफन्तले बताएका छन्। घटनालगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाएको स्थानीय लक्ष्मण साम्पाङले बताए।

 

घटनाका बारेमा स्थानीयले प्रहरी चौकी खार्ताम्छालाई जानकारी दिएपछि खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई खबर गरेको थियो। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले बिहीबार घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ। घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरेको निरीक्षक कार्कीले बताए। 

 

जिल्लाका स्थानीयले मनोरञ्जनका साथै मासु र हाडखोर बिक्रीका लागि बाघ, भालु, मृग, थार, घोरल, खरायो, कालिजलगायत जङ्गली जनावर तथा पक्षी शिकार गर्दै आएका छन्। शिकारीले लोपोन्मुख जनावर रेडपाण्डा, सालक र हुचिल जीवितै नियन्त्रणमा लिएर बिक्रीसमेत गर्ने गरेको स्थानीयले बताएका छन्। चोरी सिकार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही नगर्दा पछिल्लो समय लोपोन्मुख जीवजन्तु हराउन थालेको स्थानीयले बताएका छन्। 

सम्बन्धित खवर

मोलुङ –५ मा एमालेले सुरुवाती अग्रता लिएपछि कांग्रेसका उम्मेदवारले छाडे मत गणनास्थल

आईतबार १६ मङ्सिर, २०८१
४ दिन अघि

कोशीका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय, ११ जनाविरूद्ध मुद्दा दर्ता

सोमबार १० मङ्सिर, २०८१
१ हप्ता अघि

पोखराबाट जनकपुर आउँदै गरेको बस रौतहतमा दुर्घटना, १२ यात्रु घाइते

मङ्गलबार २७ कार्तिक, २०८१
३ हप्ता अघि

काठमाडौ को ८ ठाउँमा छ्ठ मनाउदै ।

बिहिबार २२ कार्तिक, २०८१
४ हप्ता अघि

​सोशल मीडिया नै जनताको आवाज उठाउने वास्तविक मीडिया हो – एलन मस्क

बुधबार २१ कार्तिक, २०८१
४ हप्ता अघि

बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

बुधबार २१ कार्तिक, २०८१
४ हप्ता अघि
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net