झोराहाटमा एमाले मोरङको कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न, महासचिव पोखरेलले भने–उपनिर्वाचन पार्टीलाई ठुलो अवसर

विश्वासको पक्षमा चुनावी माहोल

पूर्वीटाईम्स संवाददाता
बुधबार २८ कार्तिक, २०८१
३ हप्ता अघि

विराटनगर । नेकपा (एमाले) मोरङले ग्रामथानमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । आगामी मंसिर १६ गते ग्रामथानको अध्यक्ष पदका लागि हुने निर्वाचनलाई लक्षित गर्दै एमाले मोरङको आयोजना तथा ग्रामथान गाउँकमिटीको व्यवस्थापनमा ग्रामथान–२ झोराहाट स्थित गोपीकृष्ण मनिकर्निका सेवा केन्द्रको सामुदायीक भवनमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा (एमाले) मोरङका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता तथा महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । प्रशिक्षणको उद्घाटन महासचिव पोखरेलले गरे । लगतै एमाले मोरङका अध्यक्ष कार्कीले आगामी उपनिर्वाचनमा तुलसीराम विश्वासलाई उम्मेदवारको रुपमा घोषणा गर्नुभयो ।

सो अवसरमा प्रशिक्षण दिँदै महासचिव पोखरेलले समाजलाई बदल्न चुनावमा एमालेको जित आवश्यक रहेको बताउनुभयो । उहाँले उपनिर्वाचन एमालेको मिसन ८४ का लागि ठुलो अवसर भएको महासचिव पोखरेलको भनाई छ । जिम्मेवारीका साथ पार्टीका नेता कार्यकर्ताहरुले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो,‘ पार्टी र मुलुकको भविश्यको सफलताको रुपमा यो चुनाब लिनु पर्छ ।’

उहाँले माओवादी भ्रष्टाचारमा चुर्लुम्म डुबेपनि उल्टै आरोपजति जबरजस्ती एमालेमाथि थोपर्न खोजेको बताउनुभयो । ‘जतिपनि भ्रष्टाचारका कुराहरु आएका छन् । ति सवैमा प्रचण्ड नेतृत्वको सरकारको संलग्नता र निर्णय छ ।’ उहाँले भन्नुभयो,‘भ्रष्टाचार उनीहरुले गर्ने, अनि मिथ्या आरोप जती एमालेलाई लगाइरहेका छन् ।’

महासचिव पोखरेलले विरोधीले एमालेलाई समाप्त पार्ने अनेक प्रपन्च गरेपनि नेपाली जनताले सफल हुन नदिएको बताउनुभयो । उहाँले देशको सच्चा राष्ट्रवादी पार्टी एमाले मात्र भएको जनताले राम्रोसँग बुझेको बताउँदै पार्टीविरुद्ध रचिने कुनै पनि षड्यन्त्र जनताले विफल पार्ने दावी गर्नुभयो । स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले आगामी मंसिर १६ गते हुने उपचुनावमा कुनै भ्रममा नपरी चुनावको प्रचार प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले सिंगो पार्टी शक्तिलाई व्यवस्थित र प्रभावकारी रुपमा चुनावमा परिचालन गर्न समेत आग्रह गर्नुभयो । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईले एमालेले मिसन ८४ को लक्ष्य तय भइसकेको भन्दै यो लक्ष्यलाई पुरा गर्न पछिल्लो समय पार्टी शुद्धिकरण र सुदृढिकरणको अभियान तीव्र गतिमा अघि बढाइएको बताउनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले कानून विपरित काम गर्ने कसैलाई छुट नभएको बताउनु भयो । उहाँले अहिलेको शासन व्यवस्थाले कानुन विपरित कार्य गर्नेलाई कानुनको दायरामा ल्याउने काम गरेको बताउनुभयो । उहाँले अहिलेको राजनीतिक प्रणाली सवै भन्दा राम्रो व्यवस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ यसको विकल्प अरु हुन सक्दैन ।’ उहाँले नेकपा एमालेको संगठनलाई शसक्त बनाउने काममा लाग्न एमाले कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।

केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले अहिले पार्टीको ध्यान मंसिर १६ गतेको निर्वाचनमा केन्द्रीत भएको बताउनुभयो । उहाँले एमाले उम्मेदवारलाई विजयी गराउने कार्यमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनमा एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य भगवती चौधरी, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले निर्वाचनको परिणामा एमालेको पक्षमा पार्न सवै नेता कार्यकर्ता एकढिक्का बनेल लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले मोरङका अध्यक्ष कार्कीले आगामी निर्वाचनलाई मध्यनजर गर्दै प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले आगामी २०८४ सालको निर्वाचनमा एमालेलाई मोरङका सबै स्थानीय तह, प्रदेश र संघीय निर्वाचन क्षेत्रमा विजय गराउने गरी संगठन सुदृढी कारणमा समेत लागिएको बताउनुभयो । उहाँले उद्देश्य अनुसार प्रशिक्षण कार्यक्रम भव्यरुपमा सफल भएको बताउँदै सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य नैनकला ओझा, रामलाल साह, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सल्लाहकार विनोद ढकाल, प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, प्रदेश सांसदहरु, स्थानीयतहका प्रमुख उपप्रमुख, जनप्रतिनिधिहरु पार्टी केन्द्रीय कमिटी र निकायका नेताहरु, प्रदेश कमिटीका नेताहरु, जिल्ला कमिटी, जनसंगठनका केन्द्र, प्रदेश र पालिका कमिटीकालगायत अगुवा कार्यकर्ताहरु सहित हजारौँको संख्यामा उपस्थिती रहेको एमाले मोरङका सचिव रविन थापाले जानकारी दिनुभयो ।

सो अवसरमा एमाले मोरङका अध्यक्ष कार्कीले महासचिव पोखरेललाई पार्टी जिल्ला कमिटीले तयार पारेको मोरङ जिल्लाको समृद्धिको कार्ययोजना समेत बुझाउनु भएको छ ।

प्रशिक्षण कार्यक्रम सँगै ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा हुने निर्वाचनको महोल एमाले उम्मेदवार विश्वासको पक्षमा देखिएको छ । स्थानीयस्तरमा निकै लोकप्रीय विश्वासलाई एमालेले उम्मेदार बनाएपछि अन्य दलहरुको मनोबल कमजोर भएको स्थानीयवासीले बताएका छन् ।

 

सम्बन्धित खवर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

बुधबार १९ मङ्सिर, २०८१
२ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बखरी आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम

बुधबार १९ मङ्सिर, २०८१
२ दिन अघि

उपनिर्वाचनः एमाले रंगेलीको टोली ग्रामथानमा, तुलसीराम विश्वासको पक्षमा चुनावी माहौल

सोमबार १० मङ्सिर, २०८१
२ हप्ता अघि

एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

शुक्रबार ७ मङ्सिर, २०८१
२ हप्ता अघि

नेकपा एस परित्याग गर्दै प्रदेश कमिटी सदस्य सहितका १४ जना एमालेमा प्रवेश

बिहिबार ६ मङ्सिर, २०८१
२ हप्ता अघि

बवियाविर्तामा स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण कार्यक्रम सम्पन्न

बुधबार ५ मङ्सिर, २०८१
२ हप्ता अघि
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net