विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित पाँच क्लब मिलेर सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोमका विषयमा सचेतना मुलक कार्यक्रम आयोजना गरेका छन् ।
रोटरी क्लब अफ डाउनटाउन विराटनगर र यसका अन्य पाँच होस्ट क्लबहरू आरसी विराटनगर, आरसी विराटनगर सेन्ट्रल, आरसी विराटनगर मिडटाउन, आरसी विराटनगर फ्युजन, आरसी पाटन दरबार स्क्वायरले विराटनगरमा सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोममा अन्तरसिटी बैठकको आयोजना गरेको थियो।
कार्यक्रममा तीन वक्ता थिए । जसमध्ये चार्टर प्रेसिडेन्ट ममता वर्मा, स्विट्जरल्याण्डका डा. बर्नहार्ट स्मिट र पाटन दरबार स्क्वायरको रोटरी क्लब एसजीसीपी निर्देशक डा. प्रज्ञा राजभण्डारी रहेका थिए ।
सेरेब्रल पाल्सीका लागि सेल्फ हेल्प ग्रुप विगत ३० वर्षदेखि सक्रिय रहेको छ । यकार्यक्रमको लागि आयोजक र सहभागिता शुल्क निःशुल्क गरिएको छ । जसबाट धेरै जना लाभान्वित भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले बताइन् ।