विराटनगर । रोरटी क्लब अफ विराटनगर डाउनटाउनले छठ पूजापछि फोहर भएको नहर सफा गराएको छ । विराटनगर वडा नं ५ र ६ स्थित केसलिया क्षेत्रमा रहेको कोशी नहर पहल गरेर सरसफाई गराएको हो ।
नहर सफा भएपछि निकै सफा देखिएको छ । ५ दिनमा २ किलोमिटर क्षेत्र सफा गर्न ८ जना लागेका छन् ।
सरसफाईका लागि विराटनगर महानगरपालिकाले क्लबलाई सहयोग गरेको छ । नहरबाट निस्कने फोहोर फाल्न ढुवानी र ठाउँ पनि महनगरले उपलब्ध गराएको रोरटी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।