ग्रामथान निर्वाचनः एमालेको पक्षमा देखियो जनलहर, हजारौँ जनतासहित पुगेका विश्वासले गराए मनोनयन दर्ता

स्थानीय भन्छन्–विश्वासलाई जिताउछौँ

पूर्वीटाईम्स संवाददाता
आईतबार २ मङ्सिर, २०८१
३ हप्ता अघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा हुने अध्यक्ष पदको निर्वाचनका लागि नेकपा (एमाले) को पक्षमा जनलहर देखिएको छ । आइतबार उम्मेदवारी दर्ताको क्रममा एमालेका उम्मेदवार तुलसीराम विश्वासको पक्षमा जनलहर देखिएको हो । उम्मेदारी दर्ताका क्रममा एमालेका नेता कार्यकर्तासहित स्थानीय हजारौँ जनता एमाले उम्मेदवार विश्वासको पक्षमा उर्लीएका छन् ।

नेकपा (एमाले) का उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरे, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, मोरङ अध्यक्ष बाबुराम कार्की, हजारौँ नेता कार्यकर्ता र स्थानीय जनतासहित उम्मेदवार विश्वासले मनोनयन दर्ता गराए ।

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएका कारण उपनिर्वाचन हुन लागेको हो । मनोनयन दर्तापश्चात सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिँदै एमाले उम्मेदवार विश्वासले आफू निर्वाचित भएपछि वेतिथीको अन्त्य गर्ने बताए । उनले गाउँपालिकामा बेथिति हटाएर ग्राथानबासीका समस्याको निकास दिन सक्नेमा आफू विश्वस्त रहेको बताए ।

‘म ग्रामीण परिवेशमा भिजेको मान्छे हुँ, मैले यहाँको समस्यालाई नजिकबाट बुझेको छु,’ उनले भने, ‘ग्रामथान गाउँपालिकाका बेथिति हटाएर ग्रामथानबासीको समस्या निराकरण गर्नमा तल्लीन हुने छु । आशा छ, मतदाताले मलाई जिताउनुहुनेछ ।’ विश्वासले आफु निरन्तर ग्रामथानको चौतर्फी विकासका लागि सामाजिक रुपमा लागि पर्दै आएको र घुलमिल भएकाले जनताले जिताउने बताए । उनले आफू निर्वाचित भएपछि कुरा गर्ने नभई काम गरेर देखाउने र त्यसका लागि स्पष्ट योजना रहेको समेत बताए ।


नेकपा (एमाले) मोरङका अध्यक्ष बाबुराम कार्कीले मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव रहेको उम्मेदवारी दर्ताका क्रममा हजारौँ जनताको सहभागीताले पुष्टि गरेको बताए । उनले उम्मेदवारी दर्ताका क्रममा हजारौँ जनताको उत्साहजनक उपस्थितीले ग्रामथानमा हुने निर्वाचनको परिणाम एमालेका पक्षमा आउने दावी गरे । ‘जनता एमालेको पक्षमा छन् भन्नेकुरा उम्मेदवारी दर्ताको क्रममा तपाई पत्रकार साथीहरुले जनताको उपस्थितीबाट देखिहाल्नुभयो । जुन हिसाबको जनताको उमंग, विश्वास र सहभागीताबाट उपनिर्वाचनमा एमालेका उम्मदार प्रभावकारी देख्न सकिन्छ ।’ अध्यक्ष कार्कीले भने,‘मुलुकको विकास र समृद्धि एमालेले मात्र गर्नसक्छ भन्नेमा सवै जनता विश्वस्त हुनुहुन्छ । त्यसैले हाम्रो उम्मेदवारले जित्ने देखिएको छ । आज देखिएको उत्साह र उमंगले विपक्षीहरुले यो परिस्थतीको सामाना गर्न सक्ने छैनन् । यसका लागि म पार्टीको तर्फबाट जनतालाई धन्यवाद दिन चाहन्छु ।’

अध्यक्ष कार्कीले आफूहरु पार्टीका सवै नेता कार्यकर्ताबिच आन्तरिक एकतालाई मजबुद बनाएर निर्वाचन परिणामा आफ्नो पक्षमा पार्न रणनीतिक हिसाबले लागि परेको बताए । ‘आम सञ्चार जगतलाई कुनै आग्रह पूर्वाग्रह नराखी हाम्रो स्पष्ट एजेण्डा र एमालेको पक्षमा देखिएको जनलहरलाई सम्प्रेषण गरिदिनुहुन अनुरोध र अपिल गर्दछु ।’ उनले भने ।

एमाले उम्मेदार विश्वास ग्रामीण परिवेशमा हुर्किएर स्थानीय माटोमा घुलमिल भएका जनप्रीय उम्मेदवार हुन् । स्थानीयवासी पनि विश्वासको पक्षमा खुलेर लागेका छन् । विश्वास अन्य दल र पार्टीका उम्मेदवारका तुलनामा आफूहरु माझ निरन्तर घुलमिल हुँदै आएकाले उनलाईनै जिताउन आफुहरु लागि पर्ने ग्रामथाबासीहरुले बताएका छन् ।

ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि आइतबार एक जना स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयकोपाली कांग्रेसबाट बलराम सरदार थारु, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वासले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशीले मनोनयन दर्ता गरेका हुन् ।

मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारु, राप्रपा नेपालबाट राजु मुसहर र समावेशी समाजवादी पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

सम्बन्धित खवर

उपनिर्वाचनः एमाले रंगेलीको टोली ग्रामथानमा, तुलसीराम विश्वासको पक्षमा चुनावी माहौल

सोमबार १० मङ्सिर, २०८१
२ हप्ता अघि

एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

शुक्रबार ७ मङ्सिर, २०८१
२ हप्ता अघि

झोराहाटमा एमाले मोरङको कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न, महासचिव पोखरेलले भने–उपनिर्वाचन पार्टीलाई ठुलो अवसर

बुधबार २८ कार्तिक, २०८१
४ हप्ता अघि

एमाले मोरङको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भव्यरुपमा सम्पन्न

बिहिबार १५ कार्तिक, २०८१
१ महिना अघि

आमतोलामा सम्पन्न खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी कानेपोखरीलाई (फोटो फिचरसहित)

शनिवार १० कार्तिक, २०८१
१ महिना अघि

रंगेलीका मेयर बगडीया नगर विकास कोषको सञ्चालक समितिमा नियुक्त

बिहिबार ३१ साउन, २०८१
४ महिना अघि
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net