रंगेलीका राजेश साहले एक लाखको चेकलाई २१ लाख बनाएर ठगी गर्ने प्रयास गरेपछि प्रहरी ‘फन्दामा’

बिशाल कुमार मण्डल
शनिवार १५ मङ्सिर, २०८१
६ दिन अघि

रंगेली । मोरङको रंगेलीमा एक लाख रुपैयाँको चेकलाई २१ लाख बनाएर ठगीको प्रयास गर्ने एक व्यक्ति कानुनी फन्दामा परेका छन् । व्यक्तिगत लेनदेनमा एक लाख रुपैयाँको चेक लिएका स्थानीय राजेशकुमार साहले त्यसमा अंक थपेर २१ लाख बनाई ठगी गर्ने प्रयास गरेपछि कानुनी फन्दामा परेका हुन् । 

साहलाई लेनदेन मिलाउन रंगेली– ६ स्थित चोप्राहका पन्नालाल मण्डलले प्रभु बैंकमा खाता रहेको १ लाख रुपैयाँको चेक काटेर साहलाई दिएका थिए । तर, साहले १ लाख रुपैयाँको उक्त चेकमा २ थपि अंक र अक्षरमा २१ लाख बनाएर ठगी गर्ने प्रयास गरेको खुलेको थियो । साहले एसिपेयी चेक भएकाले क्लियरेन्सका लागि रंगेलीस्थित नेपाल बैंक लिमिटेडमा जम्मा गरेपछि घटना बाहिर आएको हो । 

जनता समाजवादी पार्टी रंगेलीका नेतासमेत रहेका मण्डलले एक लाख रुपैयाँको चेक दिएपनि साहले २१ लाख बनाएको थाहा पाएपछि आफ्नो होस् हवास उडेको बताए । ‘हाम्रो लेनदेन भएकाले एक लाखको चेक दिएपछि लेनदेनको विषय टुंगीएको थियो ।’ मण्डलले पूर्वी टाईम्ससँग भने,‘तर, उहाँले मलाई बदनाम गर्ने र फसाउने गलत नियतले चेकमा आफै अंक र अक्षर थपेको थाहा पाएपछि म छांगाबाट खसेजस्तै भएँ । मानसिकरुपमा निकै तनाबमा परेकाले कानुनी उपचारमा लागेको छु ।’ 

मण्डलले आफुविरुद्ध ठगीको प्रयास भएको र बद्नाम गराउने नियतले साहले चेक दुरुपयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दिएका छन् । मण्डलको जाहेरीलगत्तै प्रहरीले साहलाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले साहलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । ‘साहले चेकमा लेखिएको अंकमा १ को अगाडी २ र अंग्रेजीमा लेखिएको अक्षरमा वान को अगाडी ट्वान्टी थपेर ट्वान्टी वान बनाई २१ लाख बनाएका रहेछन् ।’ प्रवक्ता जोशीले पूर्वी टाईम्सलाई भने,‘हामीले अहिले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ । 

प्रवक्ता जोशीका अनुसार साहविरुद्ध बैकिंङ कसुर अन्तर्गत कारबाही प्रकृया अघि बढ्नेछ । 

उता साहले पनि चेकमा आफूले हेरफेर गरेको भन्दै गल्ती स्वीकार गरेका छन् । उनले आइन्दा आफुले यस्तो गल्ती नगनेृ भन्दै माफी मागेको स्रोतले जनाएको छ ।

नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net