रंगेली । अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमान कजाकिस्तानको अकातु विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको छ । रुसी समाचार एजेन्सीका अनुसार विमानमा ६७ यात्रु र ५ चालक दलका सदस्य थिए। कुहिरोका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
यात्रु संख्यामा अन्योल टेन्ग्रीन्युज पोर्टलले पनि यो दुर्घटनाको पुष्टि गरेको छ । तर, केही ट्वीटर ह्याण्डलमा विमानमा १०५ जना सवार रहेको बताइएको छ । यी यात्रुमध्ये अधिकांश अजरबैजानी र रुसी नागरिक रहेको बताइएको छ ।