लक्ष्मी सनराइज बैंक द्वारा न्यानो कपडा बितरण
लक्ष्मी सनराइज बैक शाखा कार्यालय रंगेलीले न्यानो कपडा वितरण गरेको हो । रंगेली नगरपालिका वडा नं ६ स्थित गणेश मा वि का शिशु र १ कक्षाका विद्यार्थीहरुलाई कपडा बितरण गरेको हो ।
शिशु र १ कक्षका जम्मा ६० जना विद्यार्थीहरुलाई शाखा प्रमुख लक्ष्मी कुमार साह र विद्यालयका प्रधानाध्यापक अविन सरदार मार्फत सुइटर र टोपि बितरण गरिएको हो। लक्ष्मी सनराइज बैंक द्वारा ५० र विद्यालयका तर्फ बाट १० ओटा सुइटर र टोपी प्रदान गरिएको थियो ।
कपडा वितरणपछि बोल्दै प्र अ सरदारले स-साना विद्यार्थीहरुको लागि चिसो बढी रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए ।