मोरङको रंगेलीबाट सुरु भयो राहदानीको सेवा

पूर्वीटाईम्स संवाददाता
आईतबार २७ माघ, २०८१
३ महिना अघि

रंगेली । मोरङको रंगेलीबाट आज (आइतबार)देखि राहदानी (पासपोर्ट) सम्बन्धी सेवा दिन थालिएको छ ।

 

इलाका प्रशासन कार्यालय रंगेलीबाट राहदानीको काम हुन थालेको हो । यसअघि मोरङमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट मात्रै राहदानी सम्बन्धी सेवा प्रवाह हुन्थ्यो ।

 

 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रदीप साहका अनुसार सबै प्रक्रिया पूरा गरेर पठाएपछि काठमाडौंबाट राहदानी ‘प्रिन्ट’ भएर आउँछ । काठमाडौंदेखि जारी भएर आएपछि मोरङबाट सम्बन्धित व्यक्तिलाई वितरण गर्ने गरिएको उनको भनाइ छ ।

 

आवेदन दिएपछि २० देखि २५ दिनभित्रमा राहदानी प्राप्त गर्न सकिने साहले बताए । ‘यसअघि जिल्ला प्रशासन र इलाका प्रशासन उर्लाबारीबाट मात्रै विद्युतीय राहदानी सम्बन्धी सेवा दिने गरिएको थियो,’ उनले भने, ‘अब रंगेलीबाट पनि सुरु भएको छ ।’

 

उनका अनुसार फारम भर्नेदेखि बायोमेट्रिक गर्नेसम्मको सबै सुविधा रंगेलीमै उपलब्ध हुने छ । राहदानी लिन चाहने रंगेली क्षेत्रका बासिन्दाले अब जिल्ला प्रशासन धाइरहनु पर्दैन ।

 

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरेर इलाका प्रशासन कार्यालय रंगेली कार्यक्षेत्र भएका स्थानीय तहका पायक पर्ने सेवाग्राहीले राहदानीका लागि रंगेलीमै सम्पर्क गर्न सकिने जानकारी दिएको छ । सेवाग्राहीले कृषि विकास बैंक रंगेली शाखामा राजस्व बुझाएर इलाका प्रशासन कार्यालय रंगेलीबाट सेवा लिन सक्ने सहायक प्रजिअ साहले बताए ।

सम्बन्धित खवर

अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे चयन

आईतबार २८ ब‌ैशाख, २०८२
१६ घण्टा अघि

तीन महिनाको अवधिमा कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु 

बिहिबार २५ ब‌ैशाख, २०८२
४ दिन अघि

रंगेली अस्पतालमा क्यान्सर राेगकाे विशेषज्ञ सेवा सञ्चालनमा

बुधबार २४ ब‌ैशाख, २०८२
५ दिन अघि

रतुवामाई नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मोची समुदायलाई ऐतिहासिक सम्मान

शुक्रबार १९ ब‌ैशाख, २०८२
१ हप्ता अघि

रंगेली नगरपालिकाको सडक कालोपत्रे कार्यको औपचारिक शुभारम्भ

मङ्गलबार १६ ब‌ैशाख, २०८२
२ हप्ता अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ हप्ता अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net