रंगेली । रंगेली नगरपालिकाका सवै वडामा अनलाइन नागरिकता सिफारिस सुरु भएको छ । आइतबार ८ नम्बर वडा कार्यालयबाट रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेले अनलाइन नागरिकता सिफारिस कार्यको शुभारम्भ गर्नु भएको हो ।
नेपाल सरकारले ‘सफ्टवेर’मा नागरिकता अभिलेखसहितको विवरण तयार पारेको छ । जसका आधारमा वडाले सेवाग्राहीलाई अनलाइन नागरिकता सिफारिस गर्नेछ । यो सिफारिसका आधारमा इलाका प्रशासन कार्यालयले नागरिकता ‘प्रिन्ट’ गरेर जारी गर्नेछ ।
आजबाट सुरु भएको यो प्रणालीले इलाका छिटो, छरितो र सहजरुपमा सेवा प्रवाह हुने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो ।
वडाध्यक्ष ढक प्रसाद आचार्यले नागरिकता लिलन धेरै कागजात पेश गर्नुपर्ने र लेख्दा त्रुटी हुने सम्भावना रहँदा सेवाग्राहीहरुलाई समस्या पर्ने भएपनि अब यस्तो समस्या नरहने बताउनुभयो ।
ईलाका प्रशासन कार्यालयका रंगेलीका निमित्त प्रमुख निर्मल खतिवडाले यो सिस्टमले नागरिकताको अभिलेख समेत अनलाइन प्रणालीमा रहने बताउनुभयो भयो ।
उहाँले अब कुनै कारणले नागरिकता हराए वा नष्ट भएमा त्यसको विवरण सहजै पाउन सकिने बताउनुभयो । सेवाग्राहीले यो सुविधाले धेरै समस्या समाधान र निकै सहज हुने बताएका छन् ।