रंगेली, मोरङ – रंगेली–७ जनता क्याम्पसको खेल मैदानमा नगर प्याबसन रंगेली द्वारा आयोजित नगर स्तरीय फुटबल तथा क्रिकेट प्रतियोगिता २०८१ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिप कुमार अग्रवाल रहनुभएको थियो। विशिष्ट अतिथिमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सन्तोष खडका, प्याबसन कोशी प्रदेश सल्लाहकार सुनिल पौडेल, तथा अन्य सम्माननीय अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर दिलिप अग्रवालले विद्यालयस्तरीय खेलकुद प्रतियोगिता निरन्तर भइरहेकामा खुशी व्यक्त गर्दै, “यसले खेलाडी उत्पादनमा टेवा पुर्याउनेछ,” भन्नुभयो। साथै, जनता क्याम्पस खेल मैदानलाई परिषद्बाट अनुमोदन भइसकेकोले यसको उपयोगितामा कुनै अवरोध नआउने समेत बताउनुभयो।
प्रतियोगिताका नतिजा:
✅ क्रिकेटतर्फ:
प्रथम: मिनिल्याण्ड बोर्डिङ स्कुल
द्वितीय: भानु मेमोरियल एकेडेमी
तृतीय: सनग्लोरी बोर्डिङ स्कुल
✅ फुटबलतर्फ:
प्रथम: बालज्योति बोर्डिङ स्कुल
द्वितीय: न्यु स्टार बोर्डिङ स्कुल
तृतीय: मिनिल्याण्ड बोर्डिङ स्कुल
नगर प्याबसन रंगेलीले हरेक वर्ष यस्ता खेलकुद प्रतियोगिता आयोजनामा निरन्तरता
दिने प्रतिबद्धता जनाएको छ।