पूर्वीटाईम्स संवाददाता
बिहिबार १५ फाल्गुण, २०८१
४ महिना अघि

दमक : नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल ( एपिएफ ) क्लबले जितेको छ । आज दमक स्थित हिमालय माध्यमिक विद्यालयको मैदानमा सम्पन्न फाईनल खेलमा बागमती महिला टोलीलाई ३ – ० को सोझो सेटमा पराजित गर्दै एपिएफ महिला टोलीले उपाधि जितेको हो । 

 

फाईनल खेलको पहिलो सेटमा एपिएफले २५ अंक हासिल गर्दै बागमतीलाई १० अंकमा रोक्न सफल भएको थियो भने दोस्रो सेटमा एपिएफले २५ अंक जित्दा बागमती २२ मा रोकिएको थियो ।

 

अन्तिम सेटमा बागमतीले १८ अंक प्राप्त गर्दा एपिएफ २५ अंक जित्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको थियो । 

 

 

प्रतियोगिताको उपाधि जित्दै एपिएफले ट्रफी , मेडल , प्रमाणपत्र सहित ५ लाख र उपविजेता बागमतीले ट्रफी , मेडल , प्रमाणपत्र सहित ३ लाख प्राप्त गरेको थियो । 

 

 

फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको एपिएफको कविता भट्ट ‘ वुमन अफ म्याच ‘ बन्न सफल हुनुभएको थियो । 

त्यस्तै , प्रतियोगिताको उत्कृष्ट खेलाडी एपिएफकी निरूता ठगुन्ना , उत्कृष्ट सर्भर कविता भट्ट , उत्कृष्ट डिफेन्डर शान्तिकला तामाङ , उत्कृष्ट स्पाइकर सलिना बुढा मगर , उत्कृष्ट ब्लकर सुमित्रा रेग्मी , उत्कृष्ट सेेटर जस्ना महतो र उत्कृष्ट कोच महेश चौधरी हुनुभएको थियो । 

 

 

उत्कृष्ट खेलाडी ठगुन्नाले ट्रफी सहित नगद २५ हजार र अन्य विधाका उत्कृष्टहरूले ट्रफी सहित जनही १० हजार प्राप्त गर्नु भएको थियो । 

 

 

प्रतियोगिताको विजेता लगायत अन्य उत्कृष्ट खेलाडीलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई , कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) लगायतले ट्रफी , मेडल हस्तान्तरण गर्नु भएको थियो ।

सम्बन्धित खवर

एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि

बिहिबार ३० जेठ, २०८२
६ दिन अघि

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार २९ जेठ, २०८२
७ दिन अघि

आमाका नामबाट मात्र पनि नागरिकता दिइने विधेयक संसदीय समितिबाट पारित

बुधबार २९ जेठ, २०८२
७ दिन अघि

कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बुलाई

मङ्गलबार २८ जेठ, २०८२
१ हप्ता अघि

राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशीका खेलाडीलाई १ लाख सहित सम्मान गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता 

सोमबार २७ जेठ, २०८२
१ हप्ता अघि

भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

सोमबार २७ जेठ, २०८२
१ हप्ता अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net