रंगेली । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बबयिाबिर्तामा सम्पन्न भएको छ । लघुवित्तको शाखा कार्यालय बबियाबिर्ताको आयोजनामा केन्द्र प्रमुख तथा वित्तीय साक्षरता कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
शाखा कार्यालय बबियाबिर्ताका प्रमुख रामकुमार मण्डल अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा जीवन विकास समाजका केन्द्रीय कार्यालयका मानव संसाधन विभागका विभागीय प्रमुख सुदिप कुमार मण्डल रहेका थिए । त्यस्तै विशिष्ट अतिथिको रूपमा रंगेली १ का वडा अध्यक्ष महेश खनाल, २ नं. वडाका वडाध्यक्ष सन्तलाल खवास, साथै जीवन विकास समाजका लेखा समितिका विभागीय प्रमुख अञ्जयकुमार मण्डल रहेका थिए ।
कार्यक्रममा जीवन विकासले जीवन बिताउने कला सिकायो । हरेक समय बिना धितो ७ लाखसम्म ऋण दिने हुनाले व्यवसायी गर्न सजिलो भएको सदस्यहरूले बताए ।
कार्यक्रममा वित्तीय अनुशासन भएमा मात्र कुनै पनि बैंकसँग कारोबार दीर्घकालीन रुपमा गर्न सकिने र आवश्यक परेको बेला ऋण लिन सकिने वित्तिय संस्थाका मानव सशस्त्र विभागका प्रमुख सुदिप कुमार मण्डलले बताए ।
सोमबार सम्पन्न उक्त कार्यक्रममा लघुवित्तका सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी सचेतनाका साथै उत्कृष्ट ऋणी, बचतकर्ता, उद्यमी, अधिकृत टेलर तथा उत्कृष्ट केन्द्रहरूलाई पुरस्कृत समेत गरिएको थियो।
सो अवसरमा तीनजना अति बिपन्न परिवारका विद्यार्थीहरूलाई जीवन विकासको तर्फबाट व्याग, स्टेशनरी र पोशाक समेत वितरण गरेका थिए।