बिराट नेपाल मेडिकल ट्रस्ट (BMNT) नेपालले Nourish परियोजना अन्तर्गत सात जना बिरामीहरूलाई पोषणयुक्त खाद्यान्न वितरण गरेको छ।
BMNT का जिल्ला कार्यक्रम संयोजक रामप्रसाद कोइरालाका अनुसार, क्षयरोगको उपचार अवधिभर बिरामीहरूले नियमित औषधि सेवन गर्नुपर्ने भएकाले पोषणयुक्त खानेकुरा अति आवश्यक हुन्छ। विशेष गरी आर्थिक रूपमा विपन्न परिवारका बिरामीहरूले पोषणको अभाव महसुस गर्नुपर्ने हुनाले यस्तो सहयोगले उनीहरूको स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास गरिएको छ।
रंगेलीमा यो कार्यक्रम चौथो महिनामा पुगेको छ र कुल सात महिनासम्म सञ्चालन हुनेछ। बिरामीहरूलाई वितरण गरिएका पोषण सामग्रीमा २५ केजी चामल, १ केजी दाल, १ केजी चना, १ केजी सोयाबिन, १ लिटर खाने तेल, ३० वटा अण्डा, र १ केजी आटा समावेश गरिएको छ।
BMNT नेपालले ‘लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने नाराका साथ यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको छ।