रंगेली, मोरङ – रंगेली नगरपालिका-७ निचामारीस्थित बिनोद मण्डलको घरमा आज अचानक आ*गलागी भएको छ। प्रारम्भिक विवरणअनुसार आ*गलागीबाट घरका विभिन्न सामग्री तथा घर पूर्ण रूपमा नष्ट भएका छन्।
प्रत्यक्षदर्शीका अनुसार आ*गलागी अचानक सुरु भएको थियो, जसले गर्दा स्थानीयहरू आ*गो नियन्त्रण गर्न प्रयासरत भए। यद्यपि, क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ।
स्थानीय प्रशासन र रंगेली नगरपालिका दमकल टोली घटनास्थलमा पुगेर आ*गो नियन्त्रणमा लिएको छ। हालसम्म कुनै मानवीय क्षतिको खबर छैन। गेंहु थ्रेसर गरिरहेको बेला थ्रेसर बाट आ*गलागी हुन सक्ने अनुमान गरिएको छ।
यस घटनाले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ भने पीडित परिवारलाई राहत तथा सहयोगको आवश्यकता रहेको स्थानीय स्रोतले जनाएको छ। थप विवरण आउन बाँकी रहेको छ।