रंगेली, मोरङ — जनता समाजवादी पार्टी (जसपा) नेपालको रंगेली नगरपालिका वडा नम्बर ४ मा २०८१ साल चैत २७ गते भव्य रूपमा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन देवी प्रसाद मण्डल ज्युको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त अधिवेशनमा १३ सदस्यीय नयाँ वडा समिति गठन गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि जसपा रंगेली नगर अध्यक्ष तथा केन्द्रीय सदस्य पन्ना लाल मण्डल हुनुहुन्थ्यो। विशिष्ट अतिथिको रूपमा नगर उपाध्यक्ष नरेश मण्डल र नगर सचिव भगवान चन्द यादवको उपस्थिति रहेको थियो।
कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवगठित समितिले पार्टी संगठनलाई वडास्तरमा अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।