ओली–देउवा भेट: सरकारलाई प्रभावकारी बनाउने सहमति, दुई दलीय संयन्त्र अझ बलियो हुने

पूर्वीटाईम्स संवाददाता
बुधबार ३ ब‌ैशाख, २०८२
२ हप्ता अघि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्तागठबन्धनलाई बलियो बनाएर लैजाने सहमति भएको छ। गठबन्धन सरकारका बारेमा सत्तासीन कांग्रेसकै नेताहरूबाट प्रश्न उठिरहेका बेला ओली र देउवाबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको हो। 

बिहान ११ बजेदेखि झन्डै ४५ मिनेट भएको उक्त भेटमा सरकारलाई प्रभावकारी बनाउने, दुई दलीय संयन्त्रलाई बलियो बनाउने विषयमा छलफल भएको नेताहरूले बताएका छन्। यस्तै, गभर्नर नियुक्ति र शिक्षक आन्दोलनको विषयमा पनि छलफल भएको थियो। एमाले नेता डा. राजन भट्टराईका अनुसार बैठकमा सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। यस्तै, दुई शीर्ष नेताबीच ‘एक ढिक्का भएर अघि बढ्ने’ सहमति भएको बताइएको छ। भट्टराईले भने, ‘सरकार सञ्चालनका लागि बनाइएको संयत्रको बैठक चाँडै नै बोलाएर अहिले देखिएका सबै खालका समस्याको निकास खोज्न दुई नेता सहमत हुनुभएको छ।’

प्रधानमन्त्री ओलीको निजी सचिवालय र देउवाको सचिवालयले भने सरकारमा रहेका दुवै दलका शीर्ष नेतृत्वबीच नियमित भेटघाट भइरहेको बताएका छन्। देउवाको सचिवालयका एक सदस्यले भने, ‘उहाँहरूबीच यसरी भेटवार्ता चलिरहेकै हुन्छ। आजको भेटलाई अलिक बढी हल्ला गरियो। दैनिक जस्तै भेटघाट भइहेकै हुन्छ।’ त्यसो त यो भेटलाई पछिल्लो समय नयाँ सत्ता समीकरणको सम्भावनासँग जोडेर हेरिएको छ।

खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि चितवन पुगेर नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गर्दै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए पछि मुलुकको राजनीति एकाएक तरंगित बनेको थियो। 

 

प्रचण्डले भनेका थिए, ‘ओली नेतृत्वको सरकारबाट जनता र कांग्रेस–एमालेकै नेता कार्यकर्ता असन्तुष्ट छन्। अब यो सरकारको आयु लामो छैन, भन्ने मेरो बुझाइ हो। अब नयाँ वर्ष सुरु भए सँगै नयाँ समिकरणको सरकार बन्छ।’ यिनै समीकरणका बीच ओली–देउवा संवाद भएको हो।

 

सरकार सञ्चालन सहजीकरण संयन्त्रका सदस्यसमेत रहेका कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच रहेको र सरकारका निर्णय तिनै बिचौलियाबाट प्रभावित हुने गरेको बताएका थिए। 

 

थापाले अगाडि भनेका छन्, ‘हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो। म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ, बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो।’ थापाले जोकोही प्रधानमन्त्री तथा नेता बिचौलियाबाट प्रभावित हुने गरेको संकेत गरेका थिए। 

 

यद्यपि यसका बाबजुद पनि सरकार र गठबन्धन फेर्ने पक्षमा भने आफू नरहेको समेत स्पष्ट पारेका थिए। थापाले सरकारको गति नभएको र सरकार ट्र्याक्टरको गतिमा हिँडेको बताएका छन्। तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेको कुरामा जोड दिएका थिए। 

 

उनले सरकारले काम गर्ने कार्यशैलीमा परिवर्तन गर्नुपर्ने भन्दै भने, ‘सरकारले जनतालाई आभाष हुने गरी युद्धस्तरमा काम गर्नुप¥यो। सरकारको जोस र उत्साह नेतृत्वमा देखिएन। यो भएन भन्दैमा कुनै राजनीतिक विकल्प खोज्ने अवस्थामा भने छैनौं।’

 

थापाको यो किसिमको प्रतिक्रिया आउनुलाई सरकारको संयन्त्रभित्र एक किसिमको छलफल हुने, त्यहाँ समझदारी हुने तर निर्णय अर्कै आउने अवस्थाको परिपार्टी प्रति उनको भनाइ रहेको उनी निकट नेता बताउँछन्। एमालेका नेता भने सरकारप्रति कांग्रेसको दोस्रो तहबाट सुरुदेखि नै आलोचना र टिप्पणी भइरहेको बताउँछन्। वैशाख १ गते बसेको पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसका दोस्रो तहका नेताहरू दलभित्र निर्णायक नरहेकाले उनीहरूका आलोचनाले सरकार ढल्ने अनुमान नगर्न आग्रह गरेका थिए।

 

 

सम्बन्धित खवर

रंगेली नगरपालिकाको सडक कालोपत्रे कार्यको औपचारिक शुभारम्भ

मङ्गलबार १६ ब‌ैशाख, २०८२
३ घण्टा अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

रातिको समयमा रंगेली नगरपालिका–८ दर्बैसा नहरटोलमा भीषण आगलागी, दुई परिवारको घर पूर्ण रूपमा नष्ट

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

दोस्रो कोशी खुला गल्फ प्रतियोगिता : विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी

शनिवार १३ ब‌ैशाख, २०८२
३ दिन अघि

कोशी प्रदेश स्तरीय तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न

शनिवार १३ ब‌ैशाख, २०८२
३ दिन अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net