पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

सवै वडामा वडा कमिटी गठन गरिँदै

पूर्वीटाईम्स संवाददाता
सोमबार ११ असोज, २०७८
२ वर्ष अघि

विराटनगर १० असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र बनाउँदै लगेको हो ।

अभियान अन्तर्गत मोरङको पथरी–शनिश्चरेमा सम्पन्न भेलाले नगरपालिकाको १० वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

राष्ट्रियसभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यतामा पथरीमा सम्पन्न भेलाले भीमबहादुर रसाईलीको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा फुलमाया दर्जी, सचिवमा केशिका महत (दर्जी), सह–सचिवमा अनिता गदाल बि.क. र कोषाध्यक्षमा जगत नेपालीलाई चयन गरेको छ ।

त्यस्तै उक्त भेलाले सदस्यहरुमा गीता पाँचकोटी, श्याम रसाइली, कमला विश्वकर्मा, इन्दीरा सुन्दास, काजिमान खाती, भक्त दर्जी, सीता भूषाल, सरला बिक, गंगा बिक, सरिता शिवा, उर्मीला बिक, नरेन्द्र नेपाली, कुमारी बराइली, फुलमाया गहतराज, विमला दर्जी, लोकबहादुर दर्जी, अञ्जना दर्जी, देविका खाती, सुजता बिक, अनिता गदाल (क), धनबहादुर लकान्द्री, कमला रसाइली, पदम विश्वकर्मा, बीर बहादुर ऋषिदेव, काशिलाल मुसहरलाई चयन गरेको छ ।

त्यस्तै अन्य सदस्यहरुमा कमला बिक, सीता तिरुवा, कुमारी सार्की, विष्णु सार्की, जुना बयलकोटी, मुना शिवा, अग्नि सुन्च्यूरी, तेजबहादुर घतानी, विक्रम विश्वकर्मा, मुना परियार, इन्दीरा बिक, ज्ञानबहादुर बिक, रत्नबहादुर गजमेर, सुर्य लामिछाने, समुयल गजमेर, भक्तिमाया बराइली, पवित्रा बिक, कुमार बिक, तेजकुमारी बिक, बलबहादुर बिक, र धनराज दियालीलगायत रहेको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

भेलाले छनौट गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाजका केन्द्रीय सदस्य भद्रमान विश्वकर्माले गरेका थिए । नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले शपथग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) प्रदेश कमिटी सदस्य, मुक्ति समाज प्रदेश १ का इन्चार्ज तथा राष्ट्रियसभाका पूर्व सांसद खेम नेपालीले नेपालमा पहिलो पटक दलित समुदायलाई राजनीतिकरुपमा एमालेले संगठित गराएको स्मरण गर्दै दलित समुदायका मुद्धा एमालेले मात्र सम्बोधन गर्ने बताए ।

उनले दलित मुक्ति आन्दोनलाई राजनीतिक रुपमा एमालेले संगठित गराएको बताए । उनले एमोलेको जनवर्गीय संगठन मुक्ति समाजले सिंगो नेपाली दलित आन्दोलनको अगुवाई गरेर हक अधिकारका लागि लड्न सक्ने बनाएको बताए ।

उनले सिंगो दलित समुदायको अधिकारका लागिसम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए । नेता नेपालीले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा (एमाले) प्रतिनिधि परिषद सदस्य युवराज शिवाकोटी, मुक्ति समाज केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज गोपाल लकान्द्री, नेकपा (एमाले) मोरङका सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका सह–इन्चार्ज जितनारायण सरदार, केन्द्रीय सदस्यहरु दिपेन्द्र पासवान, भद्रमान विश्वकर्मा, प्रदेश कमिटी सदस्य बीरध्वज शिवा, मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्मालगायतले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै पथरी–शनिश्चरे नगरपालिकाका सवै दलित समुदायलाई मुक्ति समाजमा संगठित गर्न निर्देशन दिए ।

उनीहरुले एमाले मात्र देश र जनताका लागि काम गर्ने पार्टी भएकाले अब हुने तीनै तहको निर्बाचनमा एमालेलाई जिताउनुपर्ने बताए ।

नेताहरुले एमालेकै नेतृत्वमा समृद्ध नेपाल शुखि नेपालीको नारा साकार बन्ने दावी गरे । उनीहरुले नवगठित कमिटीलाई शुभकामना दिँदै नगरका सवै वडामा वडा कमिटी विस्तार गर्न निर्देशन दिए ।कार्यक्रममा पथरी–शनिश्चरे नगरपालिकाको १० वटै वडाबाट सयौँको संख्यामा दलित समुदायको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

सुनवर्षी महराजथानआस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल

सोमबार १८ मङ्सिर, २०८०
४ दिन अघि

अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले गरे मनोरञ्जन

सोमबार १८ मङ्सिर, २०८०
४ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सफाई कर्मचारीलाई लत्ता कपडा र मिठाई वितरण

शुक्रबार १७ कार्तिक, २०८०
१ महिना अघि

छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतना

बिहिबार २५ असोज, २०८०
२ महिना अघि

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

बिहिबार २५ असोज, २०८०
२ महिना अघि

‘सेलेब्रल पाल्सी डे’ को अवसरमा निःशुल्क दन्त परिक्षण शिविर

शनिवार २० असोज, २०८०
२ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
सुनवर्षी महराजथानआस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल
सोमबार १८ मङ्सिर, २०८०
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net