विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ‘से नो टु प्लाटिक व्याग’ नारासहित कपडाको झोला वितरण गरेको छ ।
अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर क्लबले मोरङको जहदा गाउँपालिका–२ का ५० जना महिला एवम् युवतीहरुलाई कपडाको झोला वितरण गरेको हो । क्लबले मझारेस्थित जनता माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबिच कपडाको झोला वितरण गरेको हो ।
झोला वितरण कार्यक्रमका आयोजना गर्न स्थानीय आरसीसी युवा स्वयंसेवक मधु मण्डलले सहयोग गरेकी थिइन् । २५ हजार रुपैयाँ मुल्य बराबरको कपडाको झोला वितरण गरिएको क्लबकी अध्यक्ष संचिता जैनले बताइन् ।
झोला वितरण कार्यक्रममा उघ्घाटनमा क्लबकी अध्यक्ष संचिता जैन, महासचिव अनिता सारडा, सदस्य शोभना दुगड र गिरिजा सारडालगायत क्लबका अधिकांस पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।