पाँचथरमा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

चार जना अझै बेपत्ता

पूर्वीटाईम्स संवाददाता
शनिवार ६ कार्तिक, २०७८
३ वर्ष अघि

पाँचथर, ६ कात्तिक ।पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो ।

कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिरोको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयको ज्यान गएको हो । बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिरोले पुरिएर बेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र पहिरोमा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् ।

जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरोमा परी बेपत्ता छन् । बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन् ।

इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरू पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी घाइते भएका स्थानीयको उपचारमा आएका थिए । पहिरो झरेपछि भाग्ने क्रममा पहिरोले पुर्दा बेपत्ता भएका उनीहरू अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

बाढी र पहिरोमा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । सुरक्षा निकायले स्थानीयसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ ।

छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net