विराटनगर, २७ कात्तिक । विराटनगर, २६ कात्तिक । आगामी मंसिर १० गतदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. २ बाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।
पार्टी संगठित सदस्यको संख्याका आधारमा ११ जना महाधिवेशन प्रतिनिधि तोकिएकोमा सवै सर्वसम्मत चयन भएका हुन् । सो निर्वाचन क्षेत्र अन्तर्गत रतुवामाई नगरपालिकाबाट तीन, सुनवर्षी नगरपालिकाबाट चार, रंगेली नगरपालिकाबाट दुई, कानेपोखरी र पथरी शनिश्चरे नगरपालिकाबाट एक÷एक जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
रतुवामाई–५ बाट नेकपा (एमाले) मोरङका अध्यक्षसमेत रहेका ऋषिकेश पोखरेल, रतुवामाई–९ बाट मेघनाथ शर्मा (मेघराज कट्टेल), रतुवामाई–७ बाट चन्द्रकला भण्डारी, पथरी शनिश्चरेबाट पर्शुराम कटुवाल, रंगेली–३ बाट डिल्लीराम दाहाल, रंगेली–८ बाट इर्जालाल राजवंशी महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी सुनवर्षी नगरपालिका–१ बाट लिलाबल्लभ अधिकारी, गोपाल थापा, सुनवर्षी–५ बाट मिरादेवी दाश, सुनवर्षी–८ बाट मो. हसन इमाम बक्स र कानेपोखरी गाउँपालिका–२ बाट खेमकुमारी निरौला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
निर्वाचन समितिले अन्यले उम्मेदवारी फिर्ता लिएको र तोकिएको संख्यामा मात्र उम्मेदवारी कायम रहेकाले निर्विरोध निर्वाचत भएको सूचना प्रकाशित गरेको छ ।