मोरङ को सुनवर्सि नगरपालिकामा विगत ५वर्ष देखी भ्रष्टाचार भएको र कुनै काम मा पारदर्शिता नभएको ठहर गर्दै नेकपा एमाले सुनवर्सि ले व्यापक रुपमा विरोध सभा सम्पन्न गरेको छ। गत माघ २१गते ७दिन भित्र प्रस्ट लिखित विवरण सहित काे प्रतिक्रिया मागी नेकपा एमाले सुनवर्सि ले ज्ञापन पत्र बुझाए पनि १महिना हुन लाग्दा पनि कुनै सक्रिय जवाफ नआएपछि बाध्य भएर विरोध कार्यक्रम गर्नु परेको कुरा एमालेका नगर सचिव विष्णु कडेल ले पुबि न्यूज लाई जानकारी गराउनु भयो। उक्त विरोध सभामा बोल्दै नेकपा एमाले का नगर अध्क्षय श्याम राजवंशी ले भन्नु भयो”हामी अब चुप लागेर बस्ने छैनौं आगामी दिन मा झन् शसक्त रुपमा विरोध गर्ने छौ। र अहिले सम्म मेयर ले गरेका कार्य काे पूर्ण विवरण खोजी मा एकबद्ध भएर लाग्ने छौं।”