वैशाख३०मा हुने स्थानीय तह निर्वाचन का लागी उम्मेदवार मनोनयन को दोश्रो दिन पनि अबेर सम्म उम्मेदवार दर्ता भइरहेको छ ।
सुनवर्षीमा एकातिर दल गत प्रतिस्पर्धा नै हुने अनुमान गरिएको छ । भने अर्को तिर स्वतन्त्र उम्मेदवार र साना राजनीतिक दल पनि निर्णायक हुन सक्ने आकलन गरिएको छ।
आज मनोनयन को दोश्रो दिन नेकाप एमाले तर्फका मेयर का उम्मेदवार श्याम राजवंशी ले मनोनयन दर्ता गराएका छन्। सुनवर्षी नगरपालिकाको डाइनिया बजार बाट हजारौ संख्या को र्याली सहित राजवंशी निर्वाचन कार्यालय पुगेका थिए। २०७४साल को निर्वाचन मा अरु दल भन्दा अग्रपंक्ति भोट ल्याएर नेपाली कांग्रेस ले नगर सञ्चालन गरिरहेको थियो।