स्थानीय तहको को निर्वाचन मा दुई दिन मात्र बाँकी रहँदा मोरङ को सुनवर्षी नगरपालिका का जनता ले नेकपा एमाले लाई पूर्ण रूपमा समर्थन गरेका छन्।
चुनावी अभियानको क्रम मा जनता काे घर दैलो कार्यक्रम गरिसके पछि मतदाताले नेकपा एमाले मात्र जनता को हक र अधिकार काे प्रतिनिधित्व गर्ने र विकास समृद्धि काे पथ मा अगाडि बढेको पार्टी रुपमा परिचय दिएको कुरा नगर सचिव विष्णु कडेल ले प्रष्ट पार्नु भयो।
निर्वाचन को समय आउन २दिन मात्र बाँकी रहँदा मेयर पद का उम्मेदवार श्याम राजवंशी को जीत पक्का पकी भएको सुनवर्षी नगरका जनता ले मूल्यांकन गरेका छन्।
सुनवर्षी नगरपालिका मा यूवा नेता को रुपमा परिचित राजवंशी जनता का सेवक हुन्। सुनवर्षीलाई परिवर्तन गर्ने प्रतिवद्धता लिएर जनता माझ आउँदा जनता ले पूर्ण समर्थन गरको पाइन्छ।