चालु आर्थिक वर्षमा शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीयाको निर्देशन

शतप्रतिशत नतिजा दिन जोड

पूर्वीटाईम्स संवाददाता
शुक्रबार १४ असोज, २०७९
१२ महिना अघि

विराटनगर, १३ असोज । अघिल्लो आर्थिक वर्षमा देखिएका कमिकमजोरी चालु आर्थिक वर्षमा नदोहर्याउन मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप अग्रवाल (बगडीया) ले कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

बिहिबार आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाबाट सम्पादन भएका कार्यक्रम तथा योजनाहरुको समिक्षामा मेयर बगडीयाले कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । ‘गतवर्ष भएका गल्ति कमिकमजोरी यो वर्ष दोहर्याउनु भएन ।’ उनले भने,‘हामीले दिने सेवालाई चुस्त, दुरुस्त, पारदर्शी र प्रभावकारी बनाउनुपर्छ । गल्ति दोहर्याउने छुट हामी कसैलाई छैन ।’

उनले विगतमा भएका कमिकमजोरीबाट पाठ सिकेर चालु आर्थिक वर्षमा शतप्रतिशत परिणाममुखि नजिता दिन निर्देशनसमेत दिए । मेयर बगडीयाले नगरपालिका मातहतका कर्मचारीले सेवाग्राहीबाट कुनै पनि लाभ लिएको पाइएमा तत्काल कडा कारबाही हुने चेतावनीसमेत दिए ।

सो अबसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेले चालु आर्थिक वर्षमा बेलैमा योजना तथा कार्यक्रहरु कार्यान्वयन गरि शतप्रतिशत नतिजा दिन निर्देशन दिए ।

कार्यक्रममा गरिएको समिक्षा अनुसार नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा ७९.५९ प्रतिशत वित्तिय प्रगती गरेको छ । जसमा चालु तर्फ ८५.०५ र पुजिगत तर्फ ७४ प्रतिशत बजेट खर्च गरेको लेखापाल विवेक तिमिल्सनाले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षमा ९७ करोड ७७ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये १४ करोड अल्या गरिएको र पाँच करोड सम्बन्धीत निकायमा फिर्ता पठाउनु परेको लेखापाल तिमिल्सनाले बताए ।

समिक्षा कार्यक्रममा सार्बजनिक गरिएको तथ्यांक बमोजिम आर्थिक वर्ष २०७८/०७९ मा नगरमा ३० किलोमिटर सडक कालोपत्रे, ग्राभेल तथा स्तरोन्ती भएको छ । त्यस्तै एक किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ ।

सो आर्थिक वर्षमा नगरभरी २० वटा मठ मन्दिर निर्माण भएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । त्यसैगरी बबियाविर्ता र आमगाछीमा हटिया निर्माण भएको योजना अधिकृत कृष्ण भट्टराईले जानकारी दिए ।

उनले नगरको सभाहल निर्माण कार्य ८० प्रतिशत र शित भण्डार निर्माण कार्य ६० प्रतिशत सम्पन्न भइसकेको बताए । सो आर्थिक वर्षमा १२ वटा कल्भर्ट निर्माण सम्पन्न भएको जनाइएको छ । त्यसैगरी कृषकहरुलाई ८५ हजार ५ सय २० केजी उन्नत धान र घाँसको बिउ वितरण भएको छ । ११६ थान मकै थ्रेसर र ११८ थान मकै रोप्ने मेसिन अनुदान दिइएको छ ।

गत आर्थिक वर्षमा न्यायीक समितिमा ८७ वटा मुद्धा दर्ता भएको थियो । जसमध्ये ५६ वटा मुद्धा फस्र्योट भइसकेको जनाइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ४० हजार नगरवासीले कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्यक्रममा जानकारी दिइएको छ । बालबालिका खोप सेवा ९० प्रतिशत भएको छ ।

त्यस्तै सो आर्थिक वर्षमा १४ हजार २ सय ६० व्यक्तिगत घटना दर्ता भएका छन् । नगरपालिकामा उक्त आर्थिक वर्षमा ५ हजार ५ सय २ जना सामाजिक सुरक्षा भत्ताका लाभग्राही रहेका थिए । जम्मा सामाजिक सुरक्षा भक्ता नविकरण ५ हजार १ सय ६२ जनाको भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सामाजिक सुरक्षा भक्ता बैंक मार्फत शतप्रतिशत भएको छ ।

गाई, बाख्रा, बंगुर पालन र सिलाई कटाई तालिम ८६ जनालाई प्रादन गरिएको कार्यक्रममा जानकारी दिइयो ।अपाङ्ग रोकथाम पुनस्र्थापना र उपचार कार्यक्रम मार्फत १३ जनाको शल्यकृया गरिएको बताइएको छ । कार्यक्रममा विषयगत शाखाका प्रमुखहरुले गत आर्थिक वर्षमा भएको कार्यप्रगतीबारे प्रकाश पारेका थिए ।

सम्बन्धित खवर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो बाल दिवस

आईतबार ३१ भदौ, २०८०
६ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

बुधबार २७ भदौ, २०८०
१ हप्ता अघि

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सोमबार २५ भदौ, २०८०
२ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

सोमबार ११ भदौ, २०८०
४ हप्ता अघि

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

शुक्रबार ८ भदौ, २०८०
४ हप्ता अघि

जोनल फुटसलको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जित्यो

शनिवार २७ साउन, २०८०
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net