सुरु गरेका काम पुरा गर्न र समाज परिवर्तनका लागि मेरो उम्मेदवारीः पोखरेल

पूर्वीटाईम्स संवाददाता
आईतबार २३ असोज, २०७९
१२ महिना अघि

विराटनगर, २३ असोज । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । रतुवामाईको सिजुवास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

नेता पोखरेलले आफू तीन वर्ष संविधानसभा सदस्य हुँदा आफ्नो क्षेत्रको समाज परिवर्तनका लागि सुरु गरेका कामहरु पुरा गर्न आफ्नो उम्मेदवारी भएको बताए । ‘मलाई यहाँबाट एकपटक संविधान निर्माण गर्ने अवसर दिनुभयो, पुरा गरेरै आएँ ।‘ उनले भने,‘अब संविधानसभा सदस्य भएका बेला सुरु गरेका काम पुरा गर्न र एकपटक हाम्रो समाज वदल्नका लागि सवैले आशिर्वाद दिनुहोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष पोखरेलले मोरङ क्षेत्र नम्बर २ को चौतर्फी विकासका लागि योजना अघि सारेका छन् । उनले सो क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माणका योजनाहरुलाई प्रथामिकतामा राखेका छन् ।
अध्यक्ष पोखरेलले शिप तथा रोजगारमुलक शिक्षाको विकास, प्राविधिक शिक्षालयहरुको स्थापना, स्वास्थ्य सेवालाई सवैको पहुँचमा पुर्याउन स्वास्थ्य पूर्वाधार विस्तार, भौतीकपूर्वाधार निर्माण, कृषि क्षेत्रको प्रवद्र्धन र विकास, युवाहरुका निम्ति विषेश योजना बनाएका छन् ।

त्यस्तै पछाडी पारिएका समुदायको चौतर्फी विकास र जनताका आधारभूत आवश्यकता र सुकुम्बासीको बास र जिवन परिवर्तनको कार्ययोजनासमेत उनले बनाएका छन् । त्यस्तै खेलकुद र पर्यटनका क्षेत्रमा समेत विषेश योजना बनाएर कार्यान्वयन गराउने नेता पोखरेलको योजना छ ।

रतुवामाई–५ घर भएका पोखरेल सो क्षेत्रको सुखदुख बुझेका नेता हुन् । निरन्तर स्थानीय जनताबिच घुलमिल रहने र हरेक सुखदुखमा साथ दिँदै आएका नेता पोखरेल उक्त क्षेत्रका समस्याबारे जानकार छन् ।

उनले आफू संविधानसभा सदस्य हुँदासमेत सो क्षेत्रमा विकासका धेरै योजनाहरु अघि सारेका छन् । करिब ३ वर्ष संविधानसभा सदस्य भएकाबेला सो क्षेत्रमा थुप्रै योजनाहरुको थालनी गरेका थिए ।

सो क्षेत्रबाट लगातार तीस वर्ष बढी समय नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएर काम गरेको तुलनामा पोखरेलले ३ वर्ष संविधानसभा सदस्यको जिम्मेवारीमा हुँदा मात्र पनि धेरै कामहरु गर्न सफल भएको स्थानीय जनताले अनुभूती गरेका छन् ।

नेता पोखरेलले संविधा निर्माण प्रकृयामा ३ वर्षमा समाज वदल्न सुरु गरिएका कार्यहरुलाई सम्पन्न गर्न यसपटक आफूलाई प्रतिनिधिसभा सदस्य र सोही क्षेत्रको प्रदेश (क) बाट डिबी कार्की र (ख) बाट लिलाबल्लभ अधिकारीलाई प्रदेशसभा सदस्यमा निर्वाचित गराउन आग्रह गरेका छन् ।

 

सम्बन्धित खवर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो बाल दिवस

आईतबार ३१ भदौ, २०८०
६ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

बुधबार २७ भदौ, २०८०
१ हप्ता अघि

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सोमबार २५ भदौ, २०८०
२ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

सोमबार ११ भदौ, २०८०
४ हप्ता अघि

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

शुक्रबार ८ भदौ, २०८०
४ हप्ता अघि

जोनल फुटसलको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जित्यो

शनिवार २७ साउन, २०८०
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net