विराटनगर, २६ माघ । विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा ‘गुड टच/ब्याड टच’ बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा ‘गुड टच/ब्याड टच’ बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममाा बालकालिकाहरुमाथि हुने दुव्र्यबहारबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण दिइएको थियो । अहिले समाजमा बालबालिकाहरुमाथि हुने दुव्र्यबहारका घटना बढ्दै गएकाले बालबालिकाहरुमा सचेतजना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएकमे रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
कार्यक्रमबाट 80 विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रममा नाजनिन खातुन र विराटनगरस्थित मोरङ क्याम्पसका दुई जनाले प्रशिक्षण दिएका थिए ।
सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी पूर्व अध्यक्ष सन्तोष जैनले पनि सो विद्यालयका ८ जना शिक्षक शिक्षिकाहरुलाई तालिम समेत दिएकी थिइन् । सो कार्यक्रम शिक्षक र विद्यार्थी दुवैका लागि जानकारीमूलक र उपयोगी रहेको जनाइएको छ ।
सो अवसरमा बालबालिकालाई दुर्व्यवहार के हो, व्यक्तिगत शारीरिक सुरक्षा नियम, कसले मद्दत गर्न सक्छ र धम्की वा कुनै पनि जोखिमबा बेला के गर्नेलगायतका विषयमा सिकाइएको थियो।