जापान पठाइदिने भन्दै ठगी प्रकरणः पीडित युवाहरुले मेयर राजवंशीसँग मागे माफी

आरोप लगाएर गल्ती गरेको स्वीकार

सुनवर्षी संवाददाता
मङ्गलबार ३० फाल्गुण, २०७९
६ महिना अघि

विराटनगर, ३० फागुन । जपान जाने प्रलोभनमा परेर ठगीएका युवाहरुले मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । जापान पठाइदिने भन्दै ललित राजवंशीबाट आफुहरु ठगीएको र त्यसमा मेयर राजवंशीको कुनै संलग्नता नरहेको उनीहरुले बताएका हुन् ।

केही दिन अघि विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुलेनै आफुहरुमाथि भएको ठगीमा मेयर राजवंशीको पनि संलग्नता रहेको हुन सक्ने आशंका गर्दै आरोप लगाएका थिए । पत्रकार सम्मेलनमा उनीहरुले आफूहरु ठगीनुमा मेयर राजवंशीको समेत हात रहेको हुनसक्ने भन्दै उनको नाम मुछेका थिए । तर, उनीहरुले पुनः पत्रकार सम्मेलन गर्दै सो ठगीको विषयमा यथार्थ थाहा नपाई मेयर राजवंशीको नाम लिएर गल्ति गरेको स्वीकार गरेका छन् ।

सुनवर्षी–४ धोकरीयाका पिडित युवा देवराज राजवंशीले सो विषयमा आफुले यथार्थ बुझेपछि मेयर राजवंशीको कुनै पनि संलग्नता नदेखिएको र पत्रकार सम्मेलनमा उनको नाम लिएर गल्ति गरेको स्वीकार गरे । ‘अस्ति हामीले पत्रकार सम्मेलनमा सवै जना मिलेर मेयरमाथि अलिकति आरोप पनि लगाएको थियौँ । तर, बुझ्दै जाँदाखेरी उहाँ निर्दोष हुनुहुन्छ ।’ उनले भने,‘उहाँले हामीलाईनै सपोर्ट गरिरहनु भएको छ ।’

उनले सो ठगीको विषयमा प्रकृया धेरै अघि बढेको बताउँदै आफुहरुलाई न्याय दिलाउन मेयर राजवंशीले उल्टै सहयोग गरिरहेको जानकारी दिए । त्यस्तै अर्का पीडित रंगेली नगरपालिका–९ का युवा हरि राजवंशीले आफुहरुलेनै यसअघि दुई पटक पत्रकार सम्मेलन गरि मेयर राजवंशी माथि आरोप लगाएर गल्ति गरेको बताए ।

उनले आफुहरुले यथार्थ नबुझी आशंकाकै भरमा मेयरले ठगी गर्नेलाई लुकाएको र सो ठगीमा उनको पनि हात रहेको भन्दै लगाएको आरोपप्रती क्षमा याचना समेत गरेका छन् । उनले आफुहरुको बुझाईमा गल्ति भएको स्वीकार गर्दै बरु मेयर राजवंशीले उल्टै पीडितलाई साथ दिइरहेको बताए । ‘यो भन्दा अगाडी हामीले दुई पटक पत्रकार सम्मेलन गरेका थियौँ । यो ठगीमा उहाँको हात छ, मान्छे लुकाएको छ भनेर मैलेनै आरोप लगाएको थिएँ ।’ उनले भने,‘तर, अहिले कुरा बुझ्दै जाँदाखेरी यसमा मेयरको हात छैन, उहाँले अहिलेसम्म हामीलाई साथ दिइ रहनु भएको छ । आशा छ अझै पनि हामीलाई साथ दिनुहुनेछ ।’

उनले यथार्थ बुझ्दै जाँदा आफुहरुले मेयर राजवंशीमाथि लगाएको आरोप झुटो भएको बताए । ‘बुझदै जाँदा हामीले जे जती आरोप लगायौँ, त्यो सवै झुटो रहेछ । यसको लागि म उहाँ समक्ष क्षमाप्रार्थी छु ।’ उनले भने,‘ मेयरले हामी पीडित पक्षलाईनै सहोयोग गरिरहनुभएको छ । हाम्रो समस्या समाधानका लागि प्रोसेसहरु अगाडी बढाइरहनु भएको छ । उहाँलाई दोषि भन्न सक्दिन ।’

उनीहरुले नगरपालिकामा मेयर राजवंशीको कार्य कक्षमै पुगेर माफिसमेत मागेका छन् । उनीहरुसहित ४१ जना युवाहरुलाई बैदेशिक रोजगारीमा जापान पठाई दिन्छु भन्दै ललित राजवंशीले करोडौँ रुपैयाँ ठगी गरेको बताएका छन् ।

रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net