विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । डाउनटाउनले आफ्नो सिर्भस प्रोजेक्ट अन्तर्गत प्रसूती र बाल स्वास्थ्य जागरूकतामा केन्द्रित कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रम रोटरी भवनमा सफलतापूर्वक सम्पन्न गरिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी चार्टर प्रेसिडेन्ट ममता बर्मा विराटनगर महानगरपालिका स्वाथ्य शाखाकी मीना अधिकारीलगायतले गर्भवती महिलाहरूलाई प्रदान गरिएको सामानहरूको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा गर्भवती महिलाहरुले सुत्केरी हुनु अघि र पछि आफ्नो स्वास्थ्यबारे ख्याल राख्नुपर्ने विषयमा प्रष्ट पारिएको थियो । साथै खानपान र भिटामिनको आवश्यकताहरू पूरा गनुपर्ने विषयसमेत बताइएको थियो ।
सो अवसरमा ४० जना गर्भवती महिलाहरु लाभान्वित भएका थिए । कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरु गरि १३ जनाको उपस्थिती रहेको अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।