विराटनगर । राष्ट्रिय युवा संघ नेपाल रतुवामाई नगर कमिटीले बृक्षारोपण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल रतुवामाई नगर कमिटीको आयोजनामा वडा नम्बर ६ सौँठास्थित स्थित मदन स्मृती भवन आगाडीको खाली जग्गामा शनिबार बृक्षारोपण गरिएको हो ।
मदन स्मृती भवन परिसरमा फलफूल तथा विविभन्न प्रजातीका विरुवा रोपिएको राष्ट्रिय युवा संघ नेपाल रतुवामाई नगर कमिटीका अध्यक्ष मिलन श्रेष्ठले जाननकारी दिए ।
उनले वन जंगल मासिँदै जाँदा मूलुकमा विपदको जोखिम बढेको र जलवायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पर्दै गएकाले त्यसलाई न्यूनीकरण गर्न युवा संघले देशव्यापी रुपमा बृक्षारोपण अभियान सुरु गरेको बताए ।
अध्यक्ष श्रेष्ठले स्वच्छ र हराभरा वातावरणका लागि रतुवामाईमा पनि बृक्षारोपण अभियान सुरु गरिएको जानकारी दिए ।
बृक्षारोपण कार्यक्रममा राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष प्रविणन घिमिरे, नेकपा –एमाले) मोरङका सचिवालय सदस्य तथा रतुवामाई इन्चार्ज मेघराज कट्टेल, जिल्ला कमिटी सदस्य तथा नगर कमिटी अध्यक्ष देवी दाहाल, जिल्ला कमिटी सदस्य खगेन्द्र राई, किशोर विश्वकर्मा, नेकपा (एमाले) रतुवामाई नगर कमिटी उपसचिव हेम कार्की, राष्ट्रिय युवा संघ मोरङका प्रवक्ता मनोज दाहाल, जिल्ला कमिटी सदस्य तथा रतुवामाई नगर कमिटी सहइन्चार्ज हरिसागर पौडेल, जिल्ला कमिटी सदस्य जिवन न्यौपाने, उर्लाबारी नगर कमिटी अध्यक्ष नित्तम चौहान, सचिव शम्भु गौतम, रतुवामाई ६ की वडन सदस्य हेमकुमारी भण्डारीलगायत युवा संघका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सो अवसरमा रोपिएका विरुवाको संरक्षणका लागि युवाहरुले घेरबारा पनि गरेका छन् ।