साउन २९ गते मंगलबारको तपाईको दैनिक राशिफल

विशाल कुमार मण्डल
मङ्गलबार २९ साउन, २०८१
४ महिना अघि

आज मिति वि. सं. २०८१ साल साउन २९ गते मंगलबार इश्वी सन २०२४ अगस्त १३ तारीख श्रावण शुक्ल पक्षको नवमी तिथी अनुराधा नक्षत्र ब्रह्म योग वालव करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा श्रीवत्स योग कालयुक्त नाम संवत्सर सुर्य दक्षिणायन वर्षाऋृतु, आज बिहान ०५:३३ मिनेटमा झुल्किएको घाम भरेसाँझ ०६:४३ मिनेटमा अस्ताउने छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन निकै उल्लासित रहला । आफन्तले काममा साथ दिनाले मन खुशी हुनेछ । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, तर काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन खासै शुभदायी नरहला । आजको दिन विशेष तवरले हातहतियारबाट जोगिएर काम गर्नु हितकर हुनेछ । छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काटनेहरू बढ्नेछन् । ठूला व्यक्तिबाट पनि आलोचना हुन सक्छ । कसैसँग वादविवादको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सावधान रहनुहोला । प्रेमभाव बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता बढ्नेछ । काममा झमेलाको सामना गर्नुपर्ने समय छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । जागीरमा पनि केही अल्छीपन वा समस्या देखापर्न सक्छ । राजनीतिमा बर्चस्व बढाउन सकिने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सोचेको काम पूरा हुन सक्छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइलेखाइमा भने खासै मन नजाला । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पर्न सक्छ । आरोग्यता रहनेछ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आर्थिक लाभ हुने दिन छ । प्रायः सबै कामहरू बन्नेछन् भने काममा साथ/सहयोग पनि पाइनेछ । आम्दानीको नयाँ श्रोत फेला पर्ने समय छ । भोजभतेरमा संलग्न भइ ठूला व्यक्तिको विश्वास लिन सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, भने ब्यापारमा पनि फाइदा होला । पारिवारिक सुख शांति बढ्नेछ ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन केही चुनौतप्युक्त रहला । भाग्यले त्यत्ति साथ दिनेछैन । धननाश हुन सक्छ । विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुने सम्भावना रहेकोले सचेत रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । काममा नजिकको नातेदारको साथ–समर्थन पाउने दिन छ । रुपैयाँपैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । लगानी वृद्धि होला । साहसिक काममा आकर्षण बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सोचेका काममा सफलता मिल्ने समय छ । धन आर्जनका मार्ग खुल्न सक्छ । दिन खुशी साथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्ला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारिक सुख बढ्नेछ । रोकिएको काम बन्नेछ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कर्मबल बढ्नेछ । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँमा यात्रा हुन सक्ने योग छ । दिन रमाइलो छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुन सक्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, धनआर्जनको योग पनि छ । रसरागको भाव बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन स्वास्थ्य केही कमजोर रहला । अर्थहानी हुन सक्छ । कुनै समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचेअनुरुप काम नहोला । तथापि, कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): जोखिम बढ्ने दिन छ । दौडधुप वृद्धि हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला जश भने कमै मिल्ने योग छ । काम गरेअनुसार फल कमै मिल्ने समय छ । अन्य हिसाबले दिन ठिकै छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): स्वास्थ्य सबल रहला । बन्दव्यापारबाट लाभ मिल्नेछ । नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । साहस बढ्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

 

तपाईको दिन शुभ रहोस्

सम्बन्धित खवर

मोलुङ –५ मा एमालेले सुरुवाती अग्रता लिएपछि कांग्रेसका उम्मेदवारले छाडे मत गणनास्थल

आईतबार १६ मङ्सिर, २०८१
६ दिन अघि

कोशीका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय, ११ जनाविरूद्ध मुद्दा दर्ता

सोमबार १० मङ्सिर, २०८१
२ हप्ता अघि

पोखराबाट जनकपुर आउँदै गरेको बस रौतहतमा दुर्घटना, १२ यात्रु घाइते

मङ्गलबार २७ कार्तिक, २०८१
४ हप्ता अघि

मृग भनेर गोली हान्दा साथीको ज्यान गयो ।

शुक्रबार २३ कार्तिक, २०८१
४ हप्ता अघि

काठमाडौ को ८ ठाउँमा छ्ठ मनाउदै ।

बिहिबार २२ कार्तिक, २०८१
१ महिना अघि

​सोशल मीडिया नै जनताको आवाज उठाउने वास्तविक मीडिया हो – एलन मस्क

बुधबार २१ कार्तिक, २०८१
१ महिना अघि
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net