वबियाविर्ता । मोरङको रंगेली–१ स्थित बवियाविर्तामा स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना कार्यक्रम सम्पन्न भएको छ ।
वडाध्यक्ष महेश खनालको अध्यक्षतामा एक दिने स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण कार्यक्रम सम्पन्न भएको हो ।
रङ्गलि नगरपालिकाको सहकार्यमा लुथरन सस्थाले सो कार्यक्रम आयोजना गरेको हो । प्रत्येक हरेक पालिकामा विपद न्यूनीकरण गर्ने उदेश्यले सो कार्यक्रम रङ्गेली नगरपालिका भित्र सवै वडामा भइरहेको छ।
नागरिकको जनधनको जोखिम कम गर्ने तथा विपद पर्नु भन्दा अगाडी पुर्व तयारी गर्ने यस्को मुख्य कार्य भएको उत्थान परामर्श सेवाका कार्यकारी प्रमुख सुर्यकुमार दाहालले बताए ।