कोशीका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय, ११ जनाविरूद्ध मुद्दा दर्ता

बिशाल कुमार मण्डल
सोमबार १० मङ्सिर, २०८१
२ हप्ता अघि

रंगेली । तीन जनाविरूद्ध जापानी अध्यागमनलाई मन्त्रीले नै जानकारी गराएको पत्र जापानबाट प्राप्त

नक्कली कागजात बनाएर जापान गएको प्रकरणमा कोशी प्रदेशका पूर्व मन्त्री एवं नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ।

 

सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार सा‌ंसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो।

 

अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

 

सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता भएको हो। दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन्। 

 

न्यायाधिवक्ता अर्यालका अनुसार जापानबाट तीन जना प्रतिवादीविरूद्ध पत्र प्राप्त भएको छ। 

 

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए। उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो।राई, शेर्पा र देवकोटाविरूद्ध अध्यागमनले ‘एक्सक्लुसन अर्डर’ पठाएको न्यायाधिवक्ता अर्यालले बताए।

 

‘उहाँको संलग्नता देखिँदैन। उहाँले नै जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिन्छ। जापानको ल मिनिस्टरले तीन जनालाई चाहि फिर्ता गरेको देखिन्छ। तीन जनाविरूद्ध एक्सक्लुसन अर्डर भनेर पठाएको छ। र मन्त्री आफैले अनुरोध गरेर फिर्ता आएको देखिन्छ,’ अर्यालले भने।

 

त्यस्तै सांसद अधिकारीले जापान पुगेर आफू प्रयोग भएको थापा पाएपछि त्यहाँबाट नेपाल प्रहरीका डिआइजीहरूलाई मेसेज गरेको देखिएको अर्यालले बताए।

 

‘उहाँले थाहा पाएपछि डिआइजीलाई ह्वाट्सएपमा मेसेज गरेको छ। डिआइजीबाट पनि प्रतिवेदन प्राप्त भएको छ। उनीसँगको स्क्रिनसटहरूबाट पनि त्यही देखिन्छ,’ उनले भने।

 

यसपछि डिपोर्ट भएपछि तीन जनामाथि सोधपुछ गरेको आधारमा प्रहरीले महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई पक्राउ गरेको थियो। महेश पाण्डे यसमा मुख्य भूमिकामा देखिएका थिए।

 

‘महेशले सांसदलाई तीन जना अरू पनि आउँदैछन् भनेर ह्वाट्सएपमा मेसेज गरेको देखिन्छ। तर सा‌ंसदले उक्त मेसेज खोलेको पनि देखिन्न,’ अर्यालले भने, ‘उहाँका नाममा किर्ते भएर कागजातहरू बनेका थिए। ती कागजातमा भएका हस्ताक्षर पनि उहाँसँग मेल नखाएको भन्ने प्रहरीबाट प्राप्त भएको छ।

 

कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले कात्तिक २१ गते पत्रकार सम्मेलन गरी मन्त्रीको पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि घटनाबारे बाहिरिएको थियो। अनुसन्धानकै क्रममा प्रहरीले उनलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

 

जिल्ला परिसर काठमाडौंले उनीसहित ९ जनालाई हिरासतमा लिएर मानव बेचबिखन तथा लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो। 

नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net