रंगेली । आगामी मंसिर १६ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) रंगेलीको टोली ग्रामथानमा पुगेर घरदैलो गरेको छ । रंगेली नगरपालिकाका विकासप्रेमी मेयर नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा रंगेली इन्चार्ज दिपिल बगडीया, प्रदेश कमिटी सदस्य मनोज अग्रवाल, जिल्ला कमिटी उपसचिव सन्तोष साह, रंगेली नगरपालिकाकी उपप्रमुख तथा जिल्ला कमिटी सदस्य, भुमा पराजुली, जिल्ला कमिटी सदस्य ढक प्रसाद आचार्य, पुनम सापकोटा, चुडामणी रेग्मी, हरि उप्रेती, रंगेली नगर कमिटी अध्यक्ष दलबहादुर बस्नेत, सवै वडाका वडाध्यक्ष र जनप्रतिनिधिहरुसहितको टाली ग्रामथानका विभिन्न वस्तीमा पुगेर उम्मेदवार तुलसीराम विश्वासको पक्षमा मत मागेको हो ।
सो टोलीले ग्रामथानका विभिन्न टोल, बस्ती, चोक र मतदाताको घरघरमै पुगेर सवैभन्दा योग्य र रहेका एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरेको छ । रंगेलीका मेयर तथा एमाले नेता बगडीयाले रंगेली जस्तै ग्रामथानको चौतर्फी विकासका लागि सुर्यमा मतदान गरि विश्वासलाई जिताउन आग्रह गर्नुभयो ।
उहाँले एमालेले जितेमात्र ग्रामथाको विकास हुने बताउँदै कुनै भ्रम, दवाव र प्रभावमा नपरी विश्वासलाई मत दिन आग्रह गर्नुभयो । रंगेलीबाट सयौँको संख्याम भेला भएर ग्रामथाम पुगेका एमालेका नेता कार्यकर्ताहरु आज घरदैलो कार्यक्रम तथा रेलीमा सहभागी भए । “एमाले जिताउ, बिकास ल्याउँ“ भन्ने नारा सहित ग्रामथान गाँउपालिकाका विभिन्न गाउको परिक्रमासमेत गरिएको थियो ।
आफुहरु व्यक्तिगत र पार्टिको तर्फबाट जस्तो परिस्थितिमा पनि यस ग्रामथानमा एमालेलाई जिताउन लागि परेको जिल्ला कमिटी सदस्य तथा १ नं. वडा इन्चार्ज करण ठाकुरले बताउनुभयो । उहाँले एमालेबाट मात्र देशको विकास सम्भव भएकाले ग्रामथानमा पार्टीलाई जिताउन मतदाता उत्साहित बनेको बताउनुभयो ।
अहिले ग्रामथान एमालेमय बनेको छ । अन्य दलका उम्मेदवार विवादित रहेको र एमाले उम्मेदवार विश्वास स्वच्छ छवीको भएकाले उनलाईनै जिताउने स्थानीय मतदाताहरुको भनाई छ । स्थानीय ग्रामाथानवासी मतदाताले एमाले उम्मेदार विश्वास इमान्दार सवैसँग घुलमिल रहेकाले उनलेनै निर्वाच जित्नुपर्ने बताउने गरेका छन् ।