रंगेली । रंगेली नगरपालिका–१ स्थित बबियाविर्तामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । जीवन विकास लघुवित वितीय संस्था लिमिटेड बबिया बिर्ता शाखा कार्यालयको आयोजनामा एक दिने नि ःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको हो ।
शिवरमा रामलाल गोल्छा आँखा अस्पताल विराटनगरका चिकित्सकहरुले चेक जाँच गरेका थिए । शिविरमा परिक्षण गराएका मध्ये मोतियाबिन्दुको लागि निःशूल्क शल्यक्रिया हुनेछ । त्यस्तै चस्मा र औषधीसेमत निःशुल्क प्रदान गरिएको छ । मोतियाबिन्दु नहुने लाई चेक जाँच गरि आवश्यकता अनुसार सुलभ दरमा चस्मा र औषधीको व्यवस्था गरेको रामलाल गोल्छा अस्पतालका दृष्टि विशेषज्ञ राजेश कुमार यादवले जानकारी दिए ।
जीवन विकास लघुवित वितीय संस्थाले समाजिक सेवा क्षेत्र अन्तर्गत कोहि पनि पैसाको अभावले दृष्टिबिहिन हुन नपरोस भनेर शिविर आयोजाना गरेको हो । सही समयमा चेक जाँच गराइ आँखाको समस्या समाधान होस भनेर शिविर आयोजना गरिएको शाखा प्रमुख राम कुमार मण्डलले जानकारी दिए ।
शिबिरमा १६६ जनाले सेवा लिएका छन् । जसमध्ये ४० जना मोतियाबिन्दुका रोगी फेला परेकाले उनीहरुलाई शल्यक्रिया गरि उपचार गर्न रामलाल गोल्छा अस्पताल लगिएको मण्डलले बताए ।
यसरी गाउँघरमै निशुल्क जाँच गराउन पाउँदा खुसी लागेको सेवा लिनेहरुले बताएका छन् । उक्त शिविरमा रङगेली नगरपालिकाका र धनपालथान गाउँपालिकाका विभिन्न ठाउँबाट परिक्षण गराउन सेवाग्राही आएका थिए ।