रंगेली । जीवन विकास लघु वित्तीय वित्तीय संस्था लिमिटेड सिजुवा शाखाले व्यवसायक सञ्चालन गर्नका लागि सामग्री वितरण गरेको छ ।
कार्यालयले सहयोगमा अति विपन्न सदस्यहरुलाई स्वरोजगार बनाउन व्यवसाय सञ्चालन तथा पुनः सञ्चालनको लागि सामग्री वितरण गरेको हो ।
कार्यक्रममा सुनवर्षी रतुवामाईका अति विपन्न सदस्यहरुलाई व्यावसाय सञ्चालनसामग्रीहरु वितरण गरेको हो। शाखा प्रमुख राजकुमार मण्डलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि रतुवामई–४ का वडाध्यक्ष महावीरप्रसाद गनगाई तथा विशिष्ट अतिथिमा विजय मण्डलको उपस्थिति रहेको थियो।